Tuesday 11th February 2025

कविताः कहाँ छ गणतन्त्र ? -अनिपाल कार्की (सुप्रिम)


विकट वस्तिका मेरा बा भन्नू हुन्छ।
आफ्नै हातका औला गन्नु हुन्छ!
राणा राजा हुँदा बरु ठिकै थियो।।
न्यायाधीशले न्याय दिएकै हो।।

के हो यो तमासा
साच्चै यहीँ हो प्रजातन्त्र
यस्तै हुन्छ र लोकतन्त्र
कहाँ छ गणतन्त्र ?

हत्या हिंसा,आतंक ,बलात्कार
जस्ता घटना कानले कति सुन्ने
आखाले कति हेर्ने
विडम्बना छ साच्चिकै
कति सहने?

कहाँ छ प्रजातन्त्र
खोइ गणतन्त्र
यहि हो र लोकतन्त्र
सुन भन्दा महंगो नुन भै रहने
कसैलाई सुख कसैलाई दुःख हुने

दाजुभाइ लडाइ गरेर हैरानी छ?
विदेशी दलालको पैरानी छ
खुट्टा तानातान चलिरहेको छ
नेपाल आमाको छाती धपधप बलिरहेको छ

अनि कहाँ छ गणतन्त्र
खोइ लोकतान्त्र
यस्तै हुन्छ र प्रजातन्त्र
धनीले गरिवलाई हेपेका छन
आफन्त नजिकै चेपेका छन

जातीय द्वन्दले चरमरुपमै लडाउदैछ!
प्रेमकै लागि ज्यान बलि चडाउदैछ!!
कहाँ छ प्रजातन्त्र
खोइ त लोकतन्त्र
यस्तै हो र गणतन्त्र ?

 

-अनिपाल कार्की (सुप्रिम)
खत्याड गाउँपालिका-११
लुई(रातापानी) मुगु


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध प्रवासी नेपाली सम्पर्क विभाग—कुवेतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न दोस्रो अधिवेशनले ईश्वर भण्डारीको…

जेरुसेलम: प्यालेस्टिनी बन्दीहरूलाई थुनामा राखिएको अवस्थामा र आँखामा पट्टी बाँधेको अवस्थामा प्रहार गरेको भेटिएका एक इजरायली सैनिकलाई इजरायली सैनिक अदालतले…

गाजा: राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्यले गाजा पट्टी कब्जा गर्न र त्यहाँका जनतालाई पुनर्स्थापना गर्नका लागि दिएको धक्का प्रस्तावलाई बुधबार…

प्रतिकृयाहरू
...