Friday 7th August 2026

कविताः कहाँ छ गणतन्त्र ? -अनिपाल कार्की (सुप्रिम)


विकट वस्तिका मेरा बा भन्नू हुन्छ।
आफ्नै हातका औला गन्नु हुन्छ!
राणा राजा हुँदा बरु ठिकै थियो।।
न्यायाधीशले न्याय दिएकै हो।।

के हो यो तमासा
साच्चै यहीँ हो प्रजातन्त्र
यस्तै हुन्छ र लोकतन्त्र
कहाँ छ गणतन्त्र ?

हत्या हिंसा,आतंक ,बलात्कार
जस्ता घटना कानले कति सुन्ने
आखाले कति हेर्ने
विडम्बना छ साच्चिकै
कति सहने?

कहाँ छ प्रजातन्त्र
खोइ गणतन्त्र
यहि हो र लोकतन्त्र
सुन भन्दा महंगो नुन भै रहने
कसैलाई सुख कसैलाई दुःख हुने

दाजुभाइ लडाइ गरेर हैरानी छ?
विदेशी दलालको पैरानी छ
खुट्टा तानातान चलिरहेको छ
नेपाल आमाको छाती धपधप बलिरहेको छ

अनि कहाँ छ गणतन्त्र
खोइ लोकतान्त्र
यस्तै हुन्छ र प्रजातन्त्र
धनीले गरिवलाई हेपेका छन
आफन्त नजिकै चेपेका छन

जातीय द्वन्दले चरमरुपमै लडाउदैछ!
प्रेमकै लागि ज्यान बलि चडाउदैछ!!
कहाँ छ प्रजातन्त्र
खोइ त लोकतन्त्र
यस्तै हो र गणतन्त्र ?

 

-अनिपाल कार्की (सुप्रिम)
खत्याड गाउँपालिका-११
लुई(रातापानी) मुगु


सम्बन्धित शीर्षकहरु

रियाद । एक वरिष्ठ साउदी अधिकारीलाई उद्धृत गर्दै अल अराबिया इङ्ग्लिसले हुथी विद्रोही, इराकस्थित इरान समर्थित सशस्त्र समूहहरू र इरानको…

बेलायतको आर्मी फाउन्डेसन कलेज (एएफसी) मा प्रशिक्षण लिएका चार पूर्व महिला प्रशिक्षार्थीले आफूहरू १७ वर्षको उमेरमा यौन दुर्व्यवहार, यौन उत्पीडन…

इजरायलले दक्षिणी लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणका कारण व्यापक वन क्षेत्रमा आगलागी भएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ।…

प्रतिकृयाहरू
...