Wednesday 29th April 2026

टहल आचार्यको गजल संग्रह – १९


गजल
###
नीजि स्वार्थ पूरा गर्न अधोगति लाको देश ,
कैले उँभो लाग्नुथ्यो र निकम्बाले खाको देश।

व्यभिचारी भ्रष्टचारी हत्यारा र बलत्कारी ,
कपटी र दादा डन खुरापाती भाको देश ।

तप्केनीको बाली जस्तो सँधैभरी ओझेलमा ,
दुई ठुला ढुङ्गाको त्यो चेप झेल्दै आको देश ।

कैले भारत कैले चीन अमेरीका सम्मले नी ,
शक्ति साम्राज्य र बिस्तारवादभीत्र दाको देश ।

जान्ने सुन्ने भला पञ्च रकमी र काईतेबाटै ,
सुनको छाना उतारेर जिङल्टाले छाको देश ।

-टहल आचार्य
२०७८ /०४/०२


सम्बन्धित शीर्षकहरु

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति…

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

प्रतिकृयाहरू
...