Wednesday 24th December 2025

इन्द्र बोन्तावा ‘देवा’ को साहित्यिक रचना “युगले बिगुल फुकीसक्यो”


चेतनाबिहिन मानव आकृति
समवेदनाविहीन मुटुको कृयाशिलता
सबैको औचित्य पुष्टि हुन बाँकी छ ।

कर्मबिहिन अभिलाषा बोक्नेहरु
पूर्ण अङ्ग बोकेका अपाङ्गहरु
तन्द्रावस्थाबाट जागृत हुन बाँकी छ ।

भ्रमित छन् दूरदृष्टिहरु यहाँ
सुषुप्त छन् मश्तिष्कहरु यहाँ
ज्योति र जगतलाई बुझ्न बाँकी छ ।

त्रसित छन बिहानिसङ्ग परजीवीहरु
मदहोश छन् अग्रगामीका कदमहरु
लोकमा जिवित्ताको अर्थ बुझ्न बाँकी छ ।

बेवारिस झै छ कर्मभूमि यहाँ
सुनसान झै छ सदमार्ग यहाँ
युगले बिगुल फुक्यो जागृत हुन बाँकी छ ।

-इन्द्र बोन्तावा “देवा”
कटुञ्जे, भोजपुर
हालः कुवेत ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...