Thursday 8th October 2026

शर्मिला श्रेष्ठका समसामयिक दमदार टुक्काहरू


समसामयिक टुक्काहरु
१/
पाइला साह्रै अप्ठेरो विषय थियो गहन,
संघर्ष गर्दै गए पछि बल्ल भयो सक्षम।

२/
लगाएको त्यो रहस्यमय खालको पगरी,
के को नखरा भन्दै अचम्भित थिए नगरी।

३/
जसरी नि पुग्नुपर्छ साँझ सम्म देउराली,
थकाइ थाती राखी साहसको कदम चाली ।

४/
पालै पाउन मुश्किल छ जानु थियो पँधेरो,
कठै ! घर फर्कदा जहिल्यै भएको अँधेरो ।

५/
चुस्त दुरुस्त भेटेको थिएँ त्यो साथी विहान,
आश्चर्य छिमेकीले भने छिट्टै आऊ चिहान ।

६/
उन्मुलन हुनै लाग्दा कुण्ठित भो सदाचार,
अनुसन्धानले पाइनेछ स्फूर्तिको आकार।

७/
भुत्ते खुकुरी भन्दा डर मान्नुपर्छ कर्दको ,
फुच्चे किन नहोस् अचानो अभ्यस्त छ दर्दको।

८/
देशले मलाइ के दियो र? भन्दिन म कैले,
भन्नु अघि सोचौँ देशलाई के के दिएँ मैले।

९/
समुहको एकै बोली त्यसैमा थियो तागत,
घरकी मुर्गी दाल होकि सोच्ने उस्को आदत।

१०/
अन्यायले हदै नाघ्यो भन्दै हिड्छ बदचलन्,
गहिराइ नतौलिइ गलत थियो आकलन्।

 

शर्मिला श्रेष्ठ,ललितपुर
हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...