Thursday 8th October 2026

नवनियुक्त सरकारलाई शुभकामना!


आभाष चौलागाईं ‘प्रसन्न’ – जो र जुन व्यक्ति सत्तामा गए पनि जनताको हितार्थ काम गरुन् ।राजनिती र राज्यवयवस्था सिस्टममा चलोस्। आफन्त र नातावाद तिर जति प्रेम हुन्छ आफू सत्तामा गएपछी त्यति नै प्यार जनतालाई गर्न सक्नुपर्यो अनि बन्छ सरकार अभिभावकिय भूमिकाको ।

विदेशीसँग मस्त ऋण लिएर भ्रुणलाई ३५० डलरको ऋणी बनाएर आर्थिक बृद्दिदर शुन्यतामा नझरोस् शुभकामना उर्जाक्षेत्रवाट ख्याती कमाएका माओवादी नेता जनार्दन शर्मालाई ।

जनयुद्धमा टाउकाको मूल्य तोकेर मैनाहरुको जिन्दगी चुँडिदिने नवनियुक्त प्रधानमन्त्री शेरबहादुरले ओलीजीको कार्यकाल जस्तो दर्जनौंको हत्या नगराउन् ।
बढ्दो अपराध र बलात्कार साथै न्याय पेन्डिङ फाइलहरु खोलेर अपराधी प्रमाणित भएपछी सेन्टर जेल कोच्ने ताकत बनाउन् नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडजीले ।

जलश्रोतले धनी देश नेपालका जनता पानीको पेन्सनले बाच्न सक्छन्,सम्भावनाको प्रयोग गरून् मन्त्री एवम् माओवादी नेतृ पम्फा भुषालले।

कानुन किनवेच हुन्छ, कानुनका नौ सिङ हुन्छ भन्ने जुन छाप परेको जनतालाई त्यो अन्त्य गर्न जमर्को गरून् नवनियुक्त मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले र पलायन युवाको नेपाल मै विकल्प खोजोस माका गठबन्धनको सरकारले ।
शुभकामना, बधाई काम गरेपछि !! – आभाष चौलागाईं प्रसन्न (पूर्व जनमुक्ति सेना नेपाल)


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...