Thursday 8th October 2026

रामराजा के.सी. का केही मुक्तकहरू


मुक्तक १
पशु जस्तो मान्छे भेटेछु मैले जिन्दगीमा
दुःख र पिडा बुझ्दो रैन्छ कैले जिन्दगीमा
मुक्ति दिलाउनुहोस् भगवान यस्ता देखि
भक्तिमा चित्त लगाउँछु जैले जिन्दगीमा

मुक्तक २
कतै लाग्छ तिमी मेरो सपनिमा आइदिय हुन्थ्यो
सबै जिउको नसा आनि रगतमा छाइदिय हुन्थ्यो
भुङग्रोमा हलेको जिउदो माछा जस्तो गरि
बाच्न गरो भो बरु तिमिले मलाइ खाइदिय हुन्थ्यो

मुक्तक ३
हाँसिरहने जिन्दगीमा रहर मेरो रहरै भो
फेरिराको श्वास पनि आज मलाई कहरै भो
लुट्पुटिंदै खान्थ्यउ कसम दिन्छु साथ बाँचुन्जेलि
कहाँ गए कसम सबै बोलि पनि जहरै भो

मुक्तक ४
इश्वरसँग मागेको हो टाढा हुन मैले पनि
तिमीसँग यो जुनिमा भेट नहोस् कैले पनि
मन र मुटु ओछ्याएर चोखो माया गर्दा
रोएर बिताउनु पर्ने जिन्दगी जैले पनि ?????

मुक्तक ५
टुक्रियको मुटु यो जोड्ने कुनै गम छैन,
दुःखको भारी बोकेर बाँच्ने दम छैन
पिडा माथि पिडा थप्ने यो पापि संसारमा,
पराईको के कुरा आफ्ना झन् कम छैन।।।।

रामराजा के.सी. काठमाडौ


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...