Thursday 8th October 2026

सोमनाथ लुइटेल रवि पाल्पालीका पाँच पञ्चाङ्ग


” पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार ”
पाञ्चायन १

पञ्चाङ्ग १

आँखाबाट आँसु झर्दा अञ्जुलीले थापी दिनु
जाडोले आत्तिएपछी आगो बाली तापी दिनु
मौसमको खेलाँचिले स्वास्थ्यलाई हानी गर्छ
जाडोले कामेदेखि सिरकले नै खापी दिनु
साह्रै भए त काम कुरा सदैब हापी दिनु ।

पञ्चाङ्ग २

दु:ख दिन सम्झे पछि सहनु पर्छ
आफ्नै आफन्तलाई नै कहनु पर्छ
बोलचालीमा सबै बन्दछ्न् सभ्य नै
आफ्नै धर्मले सम्हालि रहनु पर्छ
समयको साथ साथ बहनु पर्छ ।

पञ्चाङ्ग ३

तिम्रो मेरो सम्बन्धलाई राम्रो बनाउने तय भयो
नबुझने हो भने देखि सम्बन्ध तोडिने भय भयो
बाहिरबाट आएका कुरा सुनी बिचलित किन हुन्छौ
आफ्नैले गर्दा खेरी हामी बिच नाताको क्षय भयो
दु:ख पिडामा मेरो जस्तो भए पनि तिम्रो जय भयो ।

पञ्चाङ्ग ४

नैतिकताले दिन्छ भने घर घर चाले हुन्छ
आफ्ना करतुत लुकाउन कुरैले टाले हुन्छ
बाढी आयो मेलम्चीमा सभासदको भोज भयो
कुनीतिकाे राजनीति सबै जागेर ढाले हुन्छ
काम नलाग्ने तन्त्रलाई सबै मिलि फाले हुन्छ ।

पञ्चाङ्ग ५

मुटु पनि सुस्त सुस्त नै चलेकै देख्छु
थकानले गलेर नि ढलेकै देख्छु
जे हुन्छ तिमीलाई भने हुन्छ मलाई
रोगीले पिल्सिएर होला गलेकै देख्छु
पिडाले सताउँदा मुटु जलेकै देख्छु ।

सोमनाथ लुइटेल रवि पाल्पाली
पाल्पा
हाल: युगाण्डा


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...