Monday 13th July 2026

घरैमा यसरी बनाउनुहोस् मासुको अचार


आर.बी.।बुढाथोकी- तीतोपाटीडटकम-पछिल्लो समय नेपली बजारमा मासुको अचार निकै लोकप्रिय हुँदै गएको छ । भेज अचार त भारतीय बजार हुँदै नेपाल भित्रिएको धेरै पुरानो इतिहास छ । मासुको अचार धेरै नेपालीको रोजाइमा पर्न थालेको छ ।

भारतको गोवामा पोर्चुगिजहरूले बंगुर तथा माछाको अचार भित्र्याएजस्तै नेपालमा भने टिबेटिन तथा मंगोलियन तथा नेवार समाजबाट मासुको अचार बनाउने विधि–विस्तार भएको विज्ञहरूको अनुमान छ । तर, जो जसले भित्र्याए पनि यो सबै समुदायमा प्रिय हुँदै गएको छ । आज हामीले यहाँ चिकनको अचार बनाउने तरिका र चाहिने सामग्रीबारे चर्चा गर्नेछौँ ।

चिकेन अचारका लागि चाहिने सामग्री :

बोनलेस चिकेन आधा केजी, तोरीको तेल ४० एमएल, मेथी आधा चिया चम्चा, अदुवा १५ ग्राम, लसुन २० ग्राम, सुकेको खुर्सानी ६ पिस, सोप एक चिया चम्चा, तोरीको दाना एक चिया चम्चा, नुन स्वादअनुसार, गेडाजिरा सात ग्राम, गेडा धनियाँ १० ग्राम, इम्लीको रस वा कगतीको रस २५ एमएल, भेनेगर ७ एमएल, मरिचको दाना एक चिया चम्चा

चिकेन अचार बनाउने विधि :

सर्बप्रथम चिकेनलाई डाइस वा स्ट्रिपकटमा काट्नुस् अनि नुन, बेसार कागती मोलेर तातेको तोरिको तेलमा मज्जाले खरो हुने गरी भुट्नुस् । बाउन कलर आउना साथ झाजरले छानेर एक साइडमा राख्नुस । अर्को सुक्खा प्यानमा सुकेको डल्ले खुर्सानी, मरिच, धनियाँ, जिरा, मेथी, तोरी, टिमुर हालेर रोस्ट गर्नुस् र हल्का चिसो हुनासाथ सिलौटो या ग्राइन्डरमा पिस्नुस् एक साइडमा राख्नुस् ।

तातेको तोरिको तेलमा मसिनो गरी काटेको अदुवा, लसुन फुराउनुस र ब्राउन हुनासाथ हिट कम गरेर पिसेको मसला हालेर केहीबेर पकाउनुहोस् । अब रोस्ट गरेको चिकन हालेर चलाउनुस । अन्तमा चिसो हुनासाथ भिनेगर, कागतीको रस र इम्लीको झोल हालेर मिक्स गरेपछि एयरटाइट सुक्खा सिसीमा हालेर सामान्य तापक्रममा राख्नुस् जुन तीनदेखि ६ महिनासम्म प्रयोग गर्न सकिन्छ । मासुको अचार निकाल्दा सुक्खा र सफा काठको या स्टिलको चम्चा प्रयोग गर्नुपर्छ । कुखुराको मासुको अचारजस्तै बफ, टर्की, बंगुर, अस्ट्रिच, खसी, माछा, झिंगेमाछाको पनि सहजैसँग अचार बनाउन सकिन्छ ।

#दि सोल्टी काठ​मान्डौमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन्।


सम्बन्धित शीर्षकहरु

इन्डोनेसियाका राष्ट्रपति Prabowo Subiantoको भारत भ्रमणका क्रममा दिएको एउटा अभिव्यक्तिले इन्डोनेसिया र संस्कृत भाषाबीचको ऐतिहासिक सम्बन्धबारे पुनः अन्तर्राष्ट्रिय बहस सुरु…

अमेरिकी अखबार द न्युयोर्क टाइम्सले अमेरिकी, इजरायली र इरानी अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित गरेको रिपोर्टअनुसार, इजरायलले यस वर्ष भएको युद्धका…

कुवेतको उद्योग तथा वाणिज्य मन्त्रालयले निजी स्वास्थ्य सेवा संस्थाहरूमा १० कुवेती दिनारभन्दा बढी नगद कारोबार गर्न प्रतिबन्ध लगाएको छ। यो…

प्रतिकृयाहरू
...