स्वागत गरे नियमित वर्षात सम्झिएर ।
रित्तिएको झोली भर्ने सौगात सम्झिएर ।
बिझ्यो काँडा मुटु भित्र छायो मन अधेरोले
मूर्च्छित हुन्छु घरि घरि कालो रात सम्झिएर ।
झरि बनि नयन बाट उर्लिरहन्छ खहरे
सुरुवाती प्रेमिल तिम्रा बात सम्झिएर ।
पलभरमै खोस्यौ खुसी रसाउँछ आँखा
गरिब माथि भै रहने बज्रपात सम्झिएर ।
बाढी पैह्रो चारै तिर रोइरहेछन बस्तीहरु
प्रकृतिको यति कठोर घात सम्झिएर ।
-शोभा कडरिया कोइराला
पाल्पा