Wednesday 12th February 2025

कविता प्रविधा ‘पञ्चस्तु’


तीतोपाटी – नेपाली भाषा साहित्यका क्षेत्रमा कविता विधाको प्रविधाका रूपमा हालै २०७८/०३/०१ मा आएर पञ्चस्तुको जन्म भएको छ । नेपाली हावापानी र माटो सुहाउँदो बनाएर यसलाई पूर्ण स्वरूप दिने काम श्री सोमनाथ लुइटेल ‘रवि’ पाल्पाली सहयोगी सुशीला पौडेल अर्घाखाँची हाल काठमाडौमा बस्नु हुने वहाँले सहयोग गर्नुभएको छ ।

यस पञ्चस्तु प्रविधामा पाँच पङ्क्ति हुनेछन् तेस्रो पङ्क्ति स्वतन्त्र हुने छ अरू पङ्क्तिहरु अनुप्रासयुक्त हुनेछन् । पहिलो पङ्क्तिले विषयवस्तुको उठान, दोस्रो तेस्रो र चौथोले विस्तार र पाँचौँ पङ्क्तिले विषय वस्तुको सार वा निचोड दिने गरी अत्यन्त चोटिलो पोटिलो स्वरूपमा यसको सिर्जना गरिनेछ ।

हाल आएका अन्य विविध प्रविधा जस्तै यसको पनि ऐतिहासिक स्थापना र भविष्य उज्ज्वल हुने र यस प्रविधाले पनि नेपाली भाषा र संस्कृतिलाई उत्कृष्ट टेवा दिनेछ भन्ने कुरामा पूर्ण विश्वस्त छौँ । यसको यात्रामा हामी सबैको साथ र सहयोगको अपेक्षा गर्दछौँ ।

पञ्चस्तु के हो ? कसरी लेख्न सकिन्छ ?
पञ्चस्तु पञ्चपदीय (पाँच हरफमा) लेख्न सकिने एक नयाँ प्रविधा हो । पञ्चस्तुमा पहिलो, दोस्रो, चौथो र पाँचौँमा अनुप्रास प्रयोग भएको हुन्छ भने, तेस्रो हरफ स्वतन्त्र हुन्छ । यसलाई बुँदागत भन्दा बुझ्न सजिलो हुनेछ । हामी प्रयासरतका लागि !
१) पञ्चस्तु पाँच हरफमा लेखिने नेपाली एक प्रविधा हो ।
२) यो विधा लेख्दा अनुप्रास र स्थायी अनिवार्य छ ।
३) अक्षर पाँच हरफमा बराबरी रहनेछन् ।
४) माया, प्रेम, दया, करुणा, कटाक्ष, प्यास, सबैमा लेख्न सकिन्छ ।
५) उठान गर्दा मायाबाट सुरु गरियो भने मायाको आभास नै अन्तिम सेरमा पनि झल्किनुपर्छ ।
६) बाह्रदेखि बीस अक्षरसम्म लेख्न सकिन्छ ।
७) छन्द स्वच्छन्द दुवैमा लेख्न सकिन्छ ।
८) यसमा आंशिक पूणर् मिश्रित जुनसुकै अनुप्रासको प्रयोग गर्न सकिन्छ ।
९) पञ्चस्तु अन्त्य अनुप्रासमा पनि लेखिन्छ ।

सल्लाहकार ः-
वेदाचार्य श्री तिलकप्रसाद लुइँटेल ,काठमाडौ
बृहत्तरकाव्यकार श्री चन्द्रप्रसाद न्यौपाने
श्री शिव प्रसाद खनाल , बुटवल
कानुनी सल्लाहकार श्री गंगा दाहाल, काठमाडौ

पञ्चस्तु

प्रवर्तक श्री सोमनाथ लुइँटेल रवि पाल्पाली , पाल्पा हाल युगाण्डा
सह प्रवर्तक श्री सुशीला पौडेल ,
अर्घाखाँची हाल काठमाडौ
संयोजक श्री सविता के.सी. ,बझाङ हाल काठमाडौ
संयोजक श्री चन्द्रावती अधिकारी, दुराडाँडा लमजुङ हाल कोहलपुर बाँके
संयोजक श्री शर्मिला श्रेष्ठ , काठमाडौ हाल अमेरिका
संयोजक श्री शारदा घिमिरे भैल ,काठमाडौ
सह संयोजक श्री महेन्द्र क्षेत्री (स्पन्दन) ,काठमाडौ
सह संयोजक श्री राजन डाउका ,काठमाडौ

पन्चस्तु

धनी मान्छे संग रहर संगै छ
बियोगी भएसी जहर संगै छ
मर्नुन बाँच्नु गरयो गरिबीले
बिपत्तिमा पनि ठहर संगै छ
कहिले नजाने डहर संगै छ

सोमनाथ लुइटेल रवि पाल्पाली
पाल्पा
हाल युगान्डा

पञ्चस्तु

तिमी आँट म पुराउँछु जहिले।
हात देऊ म समाउँछु जहिले।
हाँसीखुसी बाँच्नका लागि नै मैले,
दुश्मन जति हटाउँछु जहिले।
पराई आफ्नै बनाउँछु जहिले।

सुशीला पौडेल

पञ्चस्तु

तिमीलाई अंगालोमा बेर्न मन छ।
जहिले प्रेमील शब्द केर्न मन छ।
तिम्रो साथ सँगै विताउनको लागि,
दुष्ट जतिलाई एक्लै घेर्न मन छ।
साथी जति सबैलाई फेर्न मन छ।

सुशीला पौडेल
अर्घाखाँची
हालकाठमाडौ

पञ्चस्तु


तिम्रो मेरो सपना बाल्दिन भन्थ्यो
हाम्रो प्यारो जीवन फाल्दिन भन्थ्यो
के रहेछ र आखिरमा जिन्दगी
मनमा द्वेष कत्ति पाल्दिन भन्थ्यो
वर्षे झरिमा पनि गल्दिन भन्थ्यो ।


आउनुपर्ने डोली आएन कहिल्यै
ल्याउनुपर्ने चोली ल्याएन कहिल्यै
आशै आशामा बित्यो ति लामो समय
भोक मेट्ने कोसेली पाएन कहिल्यै
आँखा विछ्याएँ भोलि धाएन कहिल्यै ।


बाँसको टेको खरको छानो चुहिने परेछ
फलेर हो कि रुखको हाँगो नुहिने परेछ
पलपल परिवर्तन हुन्छन् सपनाहरू
आफन्तको विश्वास पनि कुहिने परेछ
आशा गरेको बाख्रो पनि तुहिने परेछ ।


शिखरको चुचुरातिर तिम्रो कला फहराएको छ
तिम्रो नाममा गुणगान गाउनेहरू कराएको छ
शुद्ध मन, शुद्घ वचनले समाज सेवा गर्नु पर्छ
तिम्रो व्यवहारले नैतिकता भन्ने नै हराएको छ
तिम्रो अस्तित्व लोप होला भनी यो मन डराएको छ ।

सविता के.सी.
बझाङ
हाल काठमाडौ

पञ्चस्तु


तिमी बाहेक संसारमा छैन मेरो हरि यहाँ
गर्छ सधैँ दुनियाले कस्तो मनपरी यहाँ
गरिबीले गाँजेको छ जिन्दगानी मेरो
कैले लाग्छ भूकम्प कैले वर्षे झरी यहाँ
अभागीको पुर्पुरोमा सधैँ नानाथरी यहाँ


फूलबारीमा मौरी जस्तै भुनभुनाउँदै आऊ
पारी पाखा सुसेलीमा गुनगुनाउँदै आऊ।
समाजका विकृति र विसङ्गति हटाउन
नजरको बाटो गरी छुनमुनाउँदै आऊ
चैत मासे हुरी जस्तै हुनहुनाउँदै आऊ।


आज आज भन्दाभन्दै जुनी बित्यो थाहा छैन,
ओरालोमा लाग्यो जीवन कतै कुनै चाहा छैन।
सुखदुख बराबरी देख्नु पर्छ भन्थ्यौ आम,
तेसैले त आज भोलि कसैको नि डाहा छैन।
झुपडीको बास छ मेरो कुनै यहाँ लाहा छैन ।

चन्द्रावती अधिकारी
लमजुङ
हाल कोहलपुर

पञ्चस्तु
१)
कहिले घाम कहिले पानी भयो
दोषी भाग्य होकी जवानी भयो
मलाई आफन्तले नै धोका दिए
बुझ्नै नसकिने जिन्दगानी भयो
यो आँखा आँसुको खानी भयो
२)
भुल्न बाध्य भएँ म यो रहर होइन
अमृत देऊ मलाई तर जहर होइन
कष्ट होस् हजारौं छैन कुनै चिन्ता
आँसु बग्न मेरो आँखा नहर होइन
आँसु बगोस् थोपाथोपा कहर होइन

नानीमाया सुनुवार ‘नामासु’
उदयपुर
पञ्चस्तु

रहे सबै कुराहरु अधुरा सोचि रहन्छु
भएन सपना केही पूरा सोचि रहन्छु
यो सहरमा छोराले मोज गर्दै हिँड्छ,
गाउमा बाका पाखुरा सोचि रहन्छु
छिमेकिले काट्छ कुरा सोचि रहन्छ।

पञ्चस्तु

नगर न यति हतार प्यार हुने छैन।
सुनसान छ बजार प्यार हुने छैन।
मलाई गरिब भनिछोडि गएकि हौ।
तिम्रो धनि परिवार प्यार हुने छैन,
गरे मैले अस्वीकार प्यार हुने छैन।

नामः महेन्द्र क्षेत्री स्पन्दन
डोटी
हाल ः काठमाडौं


सम्बन्धित शीर्षकहरु

अरविन्द केजरीवाल २०१४ को लोकसभा चुनावमा बनारसबाट नरेन्द्र मोदीविरुद्ध मैदानमा थिए र तीन लाख ७१ हजारभन्दा बढी मतले पराजित भएका…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध प्रवासी नेपाली सम्पर्क विभाग—कुवेतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न दोस्रो अधिवेशनले ईश्वर भण्डारीको…

जेरुसेलम: प्यालेस्टिनी बन्दीहरूलाई थुनामा राखिएको अवस्थामा र आँखामा पट्टी बाँधेको अवस्थामा प्रहार गरेको भेटिएका एक इजरायली सैनिकलाई इजरायली सैनिक अदालतले…

प्रतिकृयाहरू
...