Monday 19th January 2026

बौद्धस्थित नयाँ बस्तीमा बोरामा शव फेला


तीतोपाटी डटकम-काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा शव भेटिएको छ । बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको खबर आएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।

हत्या गरेर शव फालेको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेश बस्नेतले बताए ।

अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिने एसपी बस्नेतले जानकारी दिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोली पनि घटनास्थलमा पुगेको छ ।

साभार-रातोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...