Thursday 13th November 2025

कुवेतमा बढ्दो गर्मी संगै जुन १ तारिक देखी खुल्ला क्षेत्रमा काम गर्न रोक


तितोपाटी- कुवेतमा गर्मी बढेपछि आगामी जुन एक तारिक देखी खुल्ला क्षत्रमा काम गर्न वा गराउन कुवेत सरकारले रोक लगाउने भएको छ ।

कुवेत जनशक्ति सार्वजनिक प्राधिकरणका अनुसार अत्यधिक तातोको अवधिमा दिउँसो काम रोक्ने निर्णय जून देखि सुरु हुने रअगस्टको अन्त्यसम्म जारी रहने, (PAM) लाई उद्धृत गर्दै अरबटाइम्सले लेखेको छ ।

बाहिरी तापक्रम उच्च हुने भएकाले कामदारको कार्यस्थल सुरक्षाको लागि यो निकै महत्वपुर्ण भएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार उक्त निर्णयको उद्देश्य कामदारलाई सुरक्षा दिनु हो, काममा अवरोध खडा गर्नु होइन, र साँझमा तापक्रम कम हुने भएकोले बेलुका ४ बजे देखी बाहिर काम गर्नको लागी अनुमती दिइएको छ।

दिउँसो ११  देखि बेलुका ४ बजेसम्म कम्पनीहरुलाई आफ्ना कामदारलाई खुल्ला क्षेत्रमा काम नलगाउन पत्राचार गरेको छ ।  अहिले कुवेतमा ४० देखि ४५ डिग्रीसम्म गर्मी रहेको छ ।

यो नियम खुल्ला कार्यक्षेत्र वा सीधा घाममा काम गर्नु पर्ने कामदारका लागि मात्र लागू हुने जनाइएको छ । खुल्ला क्षेत्रमा काम लगाउने कम्पनीहरुले यस्तो सूचना कामदार र निरीक्षणमा आउने पदाधिकारीहरुले देख्ने ठाउँमा टाँस्नका लागि समेत निर्देशन दिएको छ ।
मन्त्रालयले जुनसुकै बेला निरीक्षण गर्ने भएकाले सबै कम्पनीले आफ्ना कामदारलाई दिउँसोको ४ घण्टा काम लगाउन पाउने छैनन् । यदि दिउँसो काम लगाएको पाइएमा कुवेत सरकारले कडा कारवाई गर्ने बताएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...