Wednesday 28th January 2026

अब झरना थापाकी छोरी सुहानी पनि हिरोइन


तितोपाटी डट कम – नायक नायिकाका छोराछोरी सिनेमा डेब्यु गर्ने क्रम चलिरहेकै बेला अभिनेत्री झरना थापाकी छोरी सुहानी पनि चलचित्र क्षेत्रमा प्रवेश गरेकी छन् । झरनाले निर्देशन गर्ने आगामी चलचित्र ‘ए मेरो हजुर-३’ मार्फत सुहानीले नायिकाका रूपमा डेब्यु गर्न लागेकी हुन् । उनी अहिले अमेरिकामा पढिरहेकी छन् ।

सुहानीले नायक भुवन केसीका छोरा अनमोलसँग स्क्रिन सेयर गर्ने छिन् । छोरीको डेब्युु ‘ग्रेन्जर’ गराउने उद्देश्यसहित निर्देशक झरना र निर्माता सुनीलकुमार थापाले महँगो पारि श्रमिकमा अनमोललाई अनुबन्धित गरेका छन् । प्रत्येक चलचित्रमा फरकफरक नायिकासँग अभिनय गर्दै आएका अनमोलले सुहानीसँग स्क्रिन सेयर गर्न कृभन्दा महँगोमा साइन गरेको बताइएको छ ।

तर, उनले कति पारि श्रमिक लिए भन्ने चाहिँ निर्माण पक्षले सार्वजनिक गर्न चाहेको छैन । अनमोलले आफ्नो छैटौं चलचित्र ‘क्याप्टेन’ को छायांकन सकाएपछि भदौबाट ‘ए मेरो हजुर-३’ का लागि समय दिनेछन् ।

यो चलचित्र सञ्जय लामाले खिच्नेछन् । अहिले चलचित्रका गीतसंगीत तयार पार्ने काम भइरहेको छ । अन्य कलाकार प्राविधिक छनोट हुन बाँकी छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...