Saturday 15th August 2026

नेपाली परोपकारी समाज कुवेतद्वारा राष्ट्रिय आबिस्कार केन्द्रलाई आर्थिक सहयोग


हरी कृष्ण न्यौपाने-नेपाली परोपकारी समाज कुवेतले महाविर पुनद्वारा सन्चालित राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई नेपाली रुपैया ४०,००० (चालिस हजार)आर्थिक सहयोग गरेको छ।समाजले मेई १७,२०२१का दिन उक्त आर्थिक सहयोग आबिस्कार केन्द्रलाई हस्तान्तरण गरेको हो।

नेपाली परोपकारी समाज कुवेतका अध्यक्ष धिरेन सुबेदीले तीतोपाटी डटकम संग कुरा गर्दै भने “हामीहरुले संस्थागत रुपमा नेपालमा अप्रत्यासित रुपमा बढीरहेको कोरोना महामारी रोकथामको लागी डाक्टर-नर्सको लागी पिपिई निर्माण,अक्सिजन कनेक्टर निर्माण वा अक्सिजन रिफिल खर्च भनेर यो सहयोग पठाएका हौ।”
करिब १ बर्ष अघी गठन गरिएको नेपाली परोपकारी समाज कुवेत त्यती चर्चामा नआए पनि दुखी-पीडितहरुका लागि भने साथी बनेको संस्थापक अध्यक्ष धिरेन सुबेदीले बताए।सुबेदी भन्छ्न”सरिता थिङको शब पठाउदा गरेको हातेमालो देखी कोभिडको कारण धेरै समस्यामा परेका नेपालीहरुलाई पिसिआर, खाध्य सामाग्री बितरण लगायत कुवेतको नेपाली समाजमा देखिएको बिकृति-बिसंगतीका बिरुद्द समेत समाज सक्रिय रहेको छ।”कुवेतमा मात्र ६ समुह रहेको नेपाली परोपकारी समाजका संस्थापक उपाध्यक्ष चन्द्र पाईजा पुन र महासचिव कृष्ण भुजेल रहेका छन।


सम्बन्धित शीर्षकहरु

नेपाल आदिवासी जनजाति महासंघ, कुवेतको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस तथा १२औँ वार्षिक उत्सव–२०२६ शुक्रबार, १४ अगस्ट २०२६ का दिन…

लेबनानका प्रधानमन्त्री नवाफ सलामले लेबनानी भूभागबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने स्पष्ट समयतालिका तय गर्नुपर्ने बताएका छन्। उनले इजरायलले…

इरान युद्धपछि चिनियाँ विद्युतीय गाडीको उछाल : नेपालमा ईभी बजारको भविष्य कता ? इरान युद्ध र होर्मुज जलडमरूमध्यमा आएको अवरोधपछि…

प्रतिकृयाहरू
...