Saturday 29th August 2026

भारतको प्रतिष्ठित ‘जी सिने अवार्ड’ नेपालमा हुने


तितोपाटी – बलिउडको प्रतिष्ठित जी सिने अवार्डको नयाँ संस्करण नेपालमा हुने भएको छ । अवार्ड समारोहको प्रारम्भीक तयारीका लागि जी टिभीका मालिक तथा भारतीय राज्यसभा सदस्य डा. सुभास चन्द्रसहित चारजनाको टोली आएर छलफल र कार्यक्रमस्थलको प्रारम्भीक अध्ययन गरी आइतबार फर्केका छन् ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा यो अवार्ड नेपालमा आयोजना गर्नेबारे कुरा चलेको थियो । प्रधानमन्त्री ओलीको भ्रमण दलमा अभिनेताद्वय राजेश हमाल र दिनेश डिसी पनि सहभागी थिए ।

अवार्डबारेमा कलाकारमार्फत् चलेको कुराकानीमा प्रधानमन्त्री ओली सकारात्मक देखिएपछि तयारी अगाडी बढाइएको डिसीले जानकारी दिएका हुन् । अवार्डमा बलिउड दर्जनौं सेलिब्रिटीका साथै नेपाली सेलिब्रिटी पनि सहभागी हुनेछन् ।

डिसेम्बर पहिलो साता हुने भनिएको अवार्डका लागि भैंसेपाटी वा गट्ठाघरमा पाँच हजार दर्शक क्षमताको अस्थायी संरचना निर्माण गरिने छ । नेपालमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्न ठुला भवन नभएकाले यो संरचना निर्माण गरिन लागेको हो ।

डिसीले दिएको जानकारी अनुसार जि सिने अवार्डभन्दा अगाडि त्यही भवनमा पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनामा ‘हिमालयन कन्क्लेभ’ आयोजना हुने भएको छ ।

जी टिभीका मालिक सुभाष चन्द्रले यस वर्षदेखि जी सिने अवार्डमा ‘बेस्ट नेपाली फिल्म’ विधा समेत थप्ने जानकारी दिएका छन् । यो विधाले विश्वमा नेपाली चलचित्रलाई चिनाउन महत्वपुर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

विश्वका विभिन्न देशमा आयोजना हुँदै आएको ८० करोड दर्शकले हेर्ने अनुमान गरिएको यो अवार्ड नेपालमा आयोजना हुँदा नेपालको पर्यटन विकासमा सहयोग पुग्ने दिनेश डिसीले बताए । सन् २०२० मा भिजिट नेपाल पनि मनाइँदै छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि बेपत्ता हुनेको संख्या १ हजार ९२४ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…

काठमाडौं — नेपालमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका तमिलनाडुका २१ जना तीर्थयात्री भारत फर्किएका छन्। भारतका एक उच्च अधिकारीले तीर्थयात्रीहरूको…

काठमाडौं — रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावितको उद्धार तथा राहतका लागि १२ भन्दा बढी देशले नेपाल सरकारसँग सहयोगको अनुमति मागेका…

प्रतिकृयाहरू
...