Wednesday 8th July 2026

‘उठ माया जुरूक्कै नाच फुरूक्कै’ मा ज्योती मगर


तितोपाटी – एक ताका विवाद र आलोचनाकी पर्याय बनेकी थिइन् ज्योती मगर। तर उनले निडर भएर आफ्नै शैलीलाई निरन्तरता दिइन्। उत्तेजक पहिरन एवं अभिव्यक्ति उनलाई चर्चामा ल्याउने हतियार बने। चर्चासँगै गाली र आलोचनाको सामना पनि उनले त्यतिकै सहनु पर्यो तर जीत उनकै भयो। अहिले ज्योति मगरलाई देश विदेशमा हुने सांगीतिक कार्यक्रममा भ्याइ नभ्याइ छ।

लोक गीत गायन उनको विधा हो। नृत्यमा पनि उत्तिकै दखल भएकाले स्टेज उनका लागि सहज र प्रभावकारी माध्यम बनको छ। दर्शकलाई पूर्ण मनोरञ्जन दिने सामाथ्र्य उनमा छ, गाएर होस वा नाचेर। बोलेर होस वा शारीरिक हाउभाउ। यही विशेषताका कारण पछिल्लो समय ज्योतीलाई म्युजिक भिडियोमा पनि उत्तिकै मौका मिल्न थालेको छ।

हुन त करियरको सुरुवात पनि उनले मोडलिङ नगरेको होइन तर अहिले मोटो रकम तिरेरै ज्योतीलाई आफ्नो म्युजिक भिडियोमा लिन चाहनेको कमी छैन। केही साताअघि मेनुका राई र रुपकुमार राईको नयाँ गीत ‘नौलाई सुन्ना नब्बे’मा मोडलिङ गरी प्रशंसा कमाएकी ज्योतीले एकपछि अर्को गर्दै नयाँ गीतको भिडियोमा मोडलिङ गरीरहेकी छन्।

पछिल्लो समय विक्रम राना र उनी आफैंले गाएको ‘उठ माया जुरुक्कै नाच फुरुक्कै’ बोलको गीतमा गायक विक्रम, मोडेल आरुसी मगरका साथमा ज्योतिले पनि मोडलिङ गरेकी छन्। करन न्यौपानेको शब्द एवं संगीत रहेको यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन्। ‘गायनसँगै मोडलिङ मोह पनि बढ्दै छ’, ज्योतीले भनिन्, ‘नाच्ने गाउने कर्मले जीवन रसिलो बनाइदिएको छ।’


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले देशभरका सम्पत्ति मालिकहरूलाई सुरक्षा क्यामेरा (CCTV) जडान गर्न र त्यसको रेकर्डिङ कुनै परिवर्तन नगरी कम्तीमा १२० दिनसम्म…

अमेरिका र इरानबीच केही समयअघि कायम भएको अस्थायी युद्धविराम फेरि लगभग समाप्त भएको संकेत देखिएको छ। पछिल्ला घटनाक्रमले मध्यपूर्वलाई पुनः…

कुवेतका सबै लुलु हाइपरमार्केट शाखाहरूमा अब डीमा (deema) को Buy Now, Pay Later (BNPL) सेवा उपलब्ध भएको छ। यस सेवामार्फत…

प्रतिकृयाहरू
...