Tuesday 14th October 2025

लघुकथाः समाजका ब्वाँसाहरू -सविता के.सी.


बेरोजगारीको समस्या समाधान गर्न युवाहरू परदेश जाने गरेका छन् । यसै मध्येका युवा हुन् बिमल। उनकी श्रीमती रसिला दुई सन्तानकी आमा । सुन्दरी अनि सुशिल पनि ।
आम नेपालीकाे अवस्था उनकाे घरमा पनि अाइपरेकाे थियाे । समाचारहरूमा धेरै सुन्नमा आएका थिए । श्रीमान परदेशिएका बेला श्रीमतीहरू अरुसँग भागेका कथाहरू । रसिलाका श्रीमानले आफ्नो बाध्यता बुझाउने गरेका थिए । रसिलाले समझदार पतिको मर्म बुझेकी छिन् । उनी आफ्नाे सतित्वमा पनि अडिक छिन् ।

रसिलाकाे श्रीमान परदेश लागेकाे दुई वर्ष पुगिसकेकाे छ । अझ एक वर्षपछि मात्र उनकाे घर फिर्ने कुराे छ । उनी परदेशमा गएर कमाउँछन् र त परिवारको गाडी चलेको छ।

रसिलाकाे यौवन र त्यसमाथि परदेशिएको श्रीमान देखेर विष्णुराजकाे आँखा बल्नुसम्म बलेकाे थियाे । सिधै फकाउन नसकेपछि उसले उपाय निकाल्यो।
उसले एकजना याेगीलाई आर्थिक प्रलोभन देखाई ऊ मार्फत भविष्य हेराउने निहुँले रसिलालाई फकाउन खाेज्यो । याेगीले पनि विष्णुराजकाे कुरामा आएर रसिलालाई भन्यो – हेर्नुस् बैनी , तपाईको ग्रह निकै उल्का छन् । यो ग्रह साम्य भएन भने श्रीमानलाई उच निच हुन सक्छ त्यसैले एउटा उपाय सुझाउँछु म ।

ऊ एकपटक त झसङ्ग भई अनि सम्हालिदै सोधी ।

योगीले भन्यो -“तपाईँले अरु कुनै पुरुषसित सम्बन्ध बढाउनुभयाे भने श्रीमानको बिग्रेको ग्रहमा ग्रह सुधारीन्छ र तपाईं र सन्तानकाे भविष्य उज्ज्वल र सुखमय पनि हुनेछ ।

आफ्नाे वर्तमान र भविष्यको कुनै ठेगान नै नभएको योगीलाई भनिन् – म १८ औ सताब्दीकी नारी होइन बुझ्नु भयो महाशय ? २१ औ सताब्दीकी पढेलेखेकी नारी हुँ । मलाई तपाईको यो ज्योतिषीमा कुनै भरोसा लाग्दैन। यो बताउनुहोस् , तपाईं योगी किन बन्नु भयो ? बोल्न नपाउँदै ऊ टाप कसिसकेको थियो उता असफल भएको बिष्णुराज अर्को दाउ बुन्दै थियो।

-सबिता के.सी.
काठमाडौ दक्षिणकाली फर्पिङ ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...