Monday 12th January 2026

पुजा सुनुवार किन खुसी भइन त यस पालीको तीजमा (भिडियो सहित)


तितोपाटी- गायिका पूजा सुनुवारको तीजको गीत सार्वजनिक भएको छ । उनको (यो तीजमा माईत जाने हो) बोलको गीत शैली क्रिएशन बाट अपलोड भएको छ ।
उक्त गीतमा मैना सुनुवारको शब्द,आशा बुढाको संगीत, रामचन्द्र चन्दको संगीतमा उक्त तीज गीतलाई गायिका पूजा सुनुवारले रमाइलो पारामा गाएकी छन ।
गायिका पूजा सुनुवार सुमधुर स्वरकी धनि गायिका हुन्,उनले केहि समय पहिला नेपाली फिल्महरुमा पनि गीत गाएकी छन् । देश बिदेशमा हुने सांगीतिक कार्यक्रममा पनि उनको बाक्लो उपस्थिति हुने गर्दछ । पछिल्लो समय उनको आवाजमा तीज गीत (यो तीजमा माईत जानेहो) गीत बजारमा आएको छ । दर्शक स्रोताको मन जितिरहेको छ । उक्त गीतको भिडियोमा निर्देशन शेर शाउद ,छायांकन महेश महरा ,सम्पादन बिरेन्द्र महराको रहेको छ भने, गीतको भिडियोमा सम्झना लामा,साथिहरुको नृत्य तथा अभिनय रहेको छ। उक्त गीतको पोष्ट प्रोडक्सन कन्चन जोशी पोष्ट प्रोडक्सनले गरेको छ ।

सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...