Wednesday 26th August 2026

मुख्यमन्त्री गुरूङविरूद्ध गण्डकी प्रदेशसभामा अविश्वास प्रस्ताव टेबुल


मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध गण्डकी प्रदेश सभा बैठकमा आज अविश्वास प्रस्ताव टेबुल भएको छ।नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा अविश्वास प्रस्ताव टेबुल गरेका हुन्।

गत वैशाख २ गते मुख्यमन्त्री गुरूङविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका गरी २८ सांसदले मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्।मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव आउने भएपछि गत वैशाख १ गते राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य भएको थियो। अहिले सांसदहरूलाई छलफलका लागि सभामुखले समय दिएका छन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...