Sunday 23rd August 2026

मलेसियाविरुद्ध नेपालको शानदार जित


तितोपाटी- त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत मलेसियाविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४७ बल बाँकी रहँदै मलेसियाविरुद्ध ९ विकेटको फराकिलो जित हासिल गरेको हो ।

मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई आक्रामक सुरुवात दिलाएका थिए ।

भुर्तेल र आसिफले १०२ रनको ओपनिङ साझेदारी गरेका छन् । आसिफ शेखले २९ बलको सामना गर्दै एक छक्का र ४ चौकासहित ४२ रन बनाएका छन् भने भुर्तेलले ६१ रन बनाउन सफल भएका छन् ।

त्यस्तै, दीपेन्द्र सिंह ऐरीले अविजित ६ रन बनाउन सफल भएका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानी सांसदहरूले अमेरिकाको आर्थिक प्रतिबन्ध र इरानमाथि भएका सैन्य कारबाहीलाई कारण देखाउँदै परमाणु अप्रसार सन्धि (NPT) बाट औपचारिक रूपमा बाहिरिने…

खुला मैदानमाथि आकाशमा अचानक देखिएको ठूलो गोलाकार वस्तुले स्थानीय प्रत्यक्षदर्शीलाई आश्चर्यमा पारेको छ। प्रत्यक्षदर्शीका अनुसार धातुजस्तो चम्किलो देखिने उक्त वस्तु…

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

प्रतिकृयाहरू
...