Tuesday 1st September 2026

पाँचौ पटक- कुवेतमा अवैधानिकलाई वैधानिक बन्न एक महीना थप


तितोपाटी- कुवेतमा अबैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन वा बैधानिक बनेर बस्न दिएको एक महिनाको समय सिमा गत एप्रिल १५ तारिखमा सकिए संगै पुन १५ एप्रिल देखी आगामी १५ में सम्मको लागि समय थप गरिएको छ।

कुवेतका आन्तरिक मन्त्री शेख थमेर अल-अली अल सबाले नयाँ निर्णयमा अवैधानिक बनी कानून उल्लंघन गर्नेहरूलाई वैधानिक बन्न पुन एक महीना सम्म म्याद थप गरिएको बताएका छन।

अली अल सबाको भनाई अनुसार उक्त निर्णयको उद्देश्य अबैधानिक रूपमा बसोबास गरीरहेका हरुलाई वैधानिक बन्नका लागी सजिलो बनाउने रहेको र कोरोनाभाइरस महामारीले देशलाई असर गर्ने असाधारण परिस्थिति र नियमित उड्डानको अवरोधमा असर परेकोले सोही अवस्थालाई ध्यानमा राख्दै उक्त निर्णय लिएको बताए।

त्यस्तै अबैधानिक नागरिकहरुलाई पुन एक महीने भिसा थप गर्न दिएको समयावधि भित्र बैधानिक बन्न र क़ानूनको उल्लंघन नगर्न भनीएको छ। यदी कानुनीरुपमा भिसा नलगाएको पाइए सोही व्यक्तिलाई कडा भन्दा कडा कारवाई गरिने साथै देशबाट निकला गरिने र उनीहरूलाई कालोसूचीमा राखिने बताइएको छ।

कुवेत सरकारले दिएको पाँचौ पटकको यो अवसरलाई कुवेतमा कार्यरत आप्रवासीहरुको लागी सुनौलो अवसर बताउदै उक्त अवसरको फाइदा उठाउनको लागि र गृहमन्त्रालयले एक महीना म्याद थप गरीदीएको हो।


सम्बन्धित शीर्षकहरु

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...