Friday 14th August 2026

कुवेतमा मृत्यु भएका बिष्णु बि.क. को परिवारलाइ अलमुल्ला एक्सचेन्जले १००० केडि क्षतिपुर्ति दियो


तीतोपाटी – गत नोभेम्बर महिनामा हर्टअट्याक भएर ज्यान गुमाएका तनहुँका बिष्णु बि.क.को परिवारलाइ अलमुल्ला एक्सचेन्जले १ हजार केडि क्षतिपुर्ति प्रदान गरेको छ । सो कुरा मृतकका अाफन्त अमित बि.क.ले तितोपाटीलाइ जानकारी दिएका हुन् ।

अलमुल्ला एक्सचेन्जबाट रेमिट्यासन्स पठाउँदा रेमिट्यान्सकर्ताको रेमिट्यान्स पठाएको एक महिना भित्र मृत्यु भएमा १ हजार केडि क्षतिपुर्ति दिने प्राव्धान रहेको छ । सोही बमोजिम प्रकृया पुरा गरेर अलमुल्ला एक्सचेन्जले क्षतिपुर्ति उपलब्ध गराएको छ । अलमुल्ला एक्सचेन्जले यस किसिमको क्षतिपुर्ति दिएको नेपाली समुदायमा यो पहिलो पटक हो ।

गत नोभेम्बर १०,२०२० मंगलबारका दिन दिउँसो कुवेतको फर्वानियामा बिष्णु बि.क.को मृत्यु भएको थियो । उनी राष्ट्रिय पन्चेबाजा समूह कुवेतका अध्यक्ष तथा लाली गुराँस सांस्कृतिक परिवार नेपाल-कुवेतका उपाध्यक्ष समेत रहेका थिए।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (NOAA) का अनुसार हाल विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै सबैभन्दा शक्तिशाली…

सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई विदेश…

जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल…

प्रतिकृयाहरू
...