Sunday 21st December 2025

कुवेतमा मृत्यु भएका बिष्णु बि.क. को परिवारलाइ अलमुल्ला एक्सचेन्जले १००० केडि क्षतिपुर्ति दियो


तीतोपाटी – गत नोभेम्बर महिनामा हर्टअट्याक भएर ज्यान गुमाएका तनहुँका बिष्णु बि.क.को परिवारलाइ अलमुल्ला एक्सचेन्जले १ हजार केडि क्षतिपुर्ति प्रदान गरेको छ । सो कुरा मृतकका अाफन्त अमित बि.क.ले तितोपाटीलाइ जानकारी दिएका हुन् ।

अलमुल्ला एक्सचेन्जबाट रेमिट्यासन्स पठाउँदा रेमिट्यान्सकर्ताको रेमिट्यान्स पठाएको एक महिना भित्र मृत्यु भएमा १ हजार केडि क्षतिपुर्ति दिने प्राव्धान रहेको छ । सोही बमोजिम प्रकृया पुरा गरेर अलमुल्ला एक्सचेन्जले क्षतिपुर्ति उपलब्ध गराएको छ । अलमुल्ला एक्सचेन्जले यस किसिमको क्षतिपुर्ति दिएको नेपाली समुदायमा यो पहिलो पटक हो ।

गत नोभेम्बर १०,२०२० मंगलबारका दिन दिउँसो कुवेतको फर्वानियामा बिष्णु बि.क.को मृत्यु भएको थियो । उनी राष्ट्रिय पन्चेबाजा समूह कुवेतका अध्यक्ष तथा लाली गुराँस सांस्कृतिक परिवार नेपाल-कुवेतका उपाध्यक्ष समेत रहेका थिए।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...