Thursday 29th October 2026

सरकार ढलाउने सपना नदेखे हुन्छ-टोपबहादुर रायमाझी


उर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार ढलाउछौं भनेर सपना नदेख्न आग्रह गरेका छन् । उनले वर्तमान सरकारलाई ढलाउन नसक्ने देखेपछि नेकपाबाट छुट्टिएर गएको नेकपा माओवादीले समेत समर्थन फिर्ता नलिएको दावी गरे।

माओवादीले समेत समर्थन फिर्ता नलिनुले अन्य दलसँग सरकार बनाउने भन्ने विषयमा सहमति र सहकार्य नभएको प्रष्ट हुने जानकारी दिए । प्रेस चौतारी नेपालले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका नेता रायमाझीले वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नभएको बताए ।

एमालेले अन्य दलको समर्थन जुटाएर भएपनि सरकारमा समर्थन बनाउने दिशामा अघि बढ्ने बताउँदै प्रतिपक्षमा भएपनि निर्वाचनमा डटेर जाने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर निर्वाचनको मिति तोकेको विषय निरकुंशतावादी हो या लोकतन्त्रवादी भनेर समयले बताउने उनले बताए ।अहिलेको अवस्थामा धेरै नेताहरुले निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै आएको उनको जिकिर छ । देशलाई निकाश दिने पार्टी एमाले र नेता केपी ओली मात्र भएको उनको ठम्याइ छ।

-अन्नपूर्णपोष्टबाट

 


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...