Sunday 16th August 2026

बदर अल समा मेडिकल सेन्टरको प्रायोजन रहेको रिगाइ क्रिकेट क्लबको जर्सी सार्वजनिक


तीतोपाटी – बदर अल समा मेडिकल सेन्टर फरवानियाको प्रायोजन रहेको रिगाइ क्रिकेट क्लबको खेलाडी जर्सी एक समारोहका बिच बदर अल समा मेडिकल सेन्टरमा सार्वजनिक गरिएको छ ।

गत अप्रैल २ तारिक बदर अल समा मेडिकल सेन्टर फरवानियाका शाखा प्रबन्धक अब्दुल रजाकले क्रिकेट खेलाडीहरूले लगाउने जर्सी सार्वजनिक गरि क्रिकेट टीमका कप्तान निशार इब्राहिमलाइ हस्तान्तरण गरेका हुन् । जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै शाखा प्रबन्धक रजाकले खेलकुदको माध्यमबाट देशको नाम रोशन गर्न लागि परेका खेलाडीहरूले लगाउने जर्सीको बदर अल समा मेडिकल सेन्टरले प्रायोजन गर्न पाएकोमा खुशी ब्यक्त गर्दै कडा मेहनत र लगनशीलताको साथ खेल खेली खेलकुद मार्फत चरित्र निर्माण गर्न खेलाडीहरूलाइ शुभकामना दिए । जर्सी सार्वजनिक गर्ने कार्यक्रम कार्यक्रम बदर अल समा मेडिकल सेन्टरका बिजनेस डेभलपमेन्ट कोअर्डिनेटर अब्दुल अनासले संचालन गरेका थिए ।

आरसीसी टीमले सन २०२१-२०२२ हुने सबै क्रिकेट टूर्नामेंटहरूमा सो जर्सीको प्रयोग गर्नेछ । जर्सी सार्वजनिक समारोहमा बदर अल समाका मेडिकल सेन्टरका तर्फबाट मार्केटिङ कोअर्डिनेटर प्रीमा, कुवेत केएमसीसी कन्नुर जिल्ला अध्यक्ष शुहाइब चेम्बिलोट, रउफ तथा आरसीसी टीमका टिम म्यानेजर श्री जम्शीर, उप कप्तान रफीक र टीम बोर्ड सदस्य मुस्तफा उर्पल्ली, शिहाब, अली, इमरान र विष्णुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई कुवैत केएमसीसी कन्नूर जिल्ला अध्यक्ष शुहाइब चेम्बिलोट, श्री रउफ, बद्र अल सामा मार्केटिंग को-अर्डिनेटर सुश्री प्रीमाले सम्बोधन गरेका थिए भने आरसीसी टीमका कप्तान लगायत खेलाडीहरूले खेलाडीहरूको मनोबल बढाउन बदर अल समा मेडिकल सेन्टरले जर्सी प्रायोजन गरेको मा धन्यवाद दिंदै भविष्यमा समेत सहकार्य र हातेमालो गरेर अघि बढ्ने बताए ।

स्मरण रहोस, बदर अल समा मेडिकल सेन्टरले अाफूसँग सहकार्य गर्ने विभिन्न संघ संस्थाहरूलाइ बिभिन्न प्रकारले साथ सहयोग गर्दै अाएको छ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले रुसको सामारा क्षेत्रमा रहेको TsSKB-Progress अन्तरिक्ष तथा रकेट उत्पादन केन्द्रमा लामो दूरीको क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ। युक्रेनी राष्ट्रपति…

कुवेतमा २४ वर्षीय युवक गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्ष (ICU) मा भर्ना भएका छन्। उनलाई खुट्टा र छातीमा पहिलो…

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

प्रतिकृयाहरू
...