Tuesday 28th April 2026

नेपाल समूहको भेलामा मोहनचन्द्र अधिकारीदेखि राधाकृष्ण मैनालीसम्म


नेकपा एमाले (नेपाल समूह) को राष्ट्रिय कार्यकर्ता भेलामा काठमाडौंमा सुरु भएको छ। सानेपामा भइरहेको भेलामा झापा आन्दोलनदेखिका नेता मोहनचन्द्र अधिकारीदेखि राधाकृष्ण मैनालीसम्म सहभागि भएका छन्।

मोदनाथ प्रश्रित, कमल कोइराला लगायतका पुराना एमाले नेताहरु पनि नेपाल पक्षको भेलामा सहभागि भएका छन्।सर्वोच्च अदालतले एमाले र माओवादीको एकतालाई अलग गरिदिएपछि माधव नेपाल समूह एमालेमा फर्केको थियो। उनीहरु एमालेमा फर्के लगत्तै केपी शर्मा ओली समूहले अध्यक्ष र महासचिव बहेकको जिम्मेवारी खोसेको थियो।

केपी ओली र माधव नेपाल लगायका नेताहरुबीच एक पटक छलफल भए पनि त्यसले सार्थकता पाएन। ओली र नेपाल समूह दुई अलग बाटोमा रहेका छन्। आजको भेला एमालेको भेला नभएकोले सहभागि नहुन र भेला गरेमा विधान अनुसार कारवाही गर्ने मंगलबार ओली समूहका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरेर चेतावनी दिएका थिए।

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी-महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो पाँच हप्ताको अनुभव बाँडेकी छन्। उनले १० बुँदामा आफ्नो अनुभव र…

तितोपाटी- बैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र  'लालीबजार' को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको…

तितोपाटी-माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उपचारका लागि उनलाई अस्पताल पठाइएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन…

प्रतिकृयाहरू
...