Friday 19th June 2026

एमालेको कुनै भेला छैन, गुटगत भेलामा जानेलाई कारबाही हुन्छ -ईश्वर पोखरेल


नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षको बुधबार र बिहीबारका लागि बोलाइएको राष्ट्रिय भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

मंगलबार साँझ एक विज्ञप्तिमार्फत उनले नेकपा (एमाले)ले कुनै पनि भेला आयोजना नगरेकाले गुटगत भेलामा नजान निर्देशन दिएका हुन्। उनले नेपाल पक्षले बोलाएको भेलालाई लिएर गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन्।

अनाधिकृत रुपमा गुटगत भेला नगर्न–नगराउन आग्रह गर्दै महासचिव पोख्रेलले लेखेका छन्, ‘त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) सबै नेता–कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ।’

भेलामा सहभागी हुनेलाई कारबाही हुने चेतावनी दिँदै उनले भनेका छन्, ‘अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ।’

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...