Sunday 9th November 2025

७ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ७ खर्ब माथि


चालू आर्थिक वर्षको ७ महिना (साउन–माघ) मा नेपालको निर्यात बृद्धिदर ७.६ प्रतिशतमा सिमित भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ७ महिनामा कुल निर्यात ७.६ प्रतिशतले वृद्धि भई कुल ६९ अर्ब ९२ करोड रुपैयाँ पुगेको हो ।

जब कि अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले बृद्धि भएको थियो । गत वर्षको तुलनामा यस वर्षको निर्यात वृद्धिदरमा अधिकतम १६.८ प्रतिशतले संकुचन आएको हो । बैंकका अनुसार सो अवधिमा वैदेशिक व्यापार निर्यात गन्तव्यका आधारमा भारततर्फ १० प्रतिशतले र अन्य मुलुकहरुमा ४.९ प्रतिशले निर्यात वृद्धि भएको छ । तर, यता चीन तर्फ भने यो समयमा ४७.७ प्रतिशतले नै निर्यात घटेको बैंकको भनाई छ ।

यता, आयाततर्फ भने गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ७ महिनामा करिब स्थिर जस्तै रहेको बैंकले जनाएको छ । गत वर्ष ३.६ प्रतिशतले आयात घट्दा यस वर्ष ०.०१ प्रतिशतले मात्र वृद्धि भई रु ८०३ अर्ब ६४ करोड सामान आयात भएका छन् । राष्ट्र बैंकको तथ्याङ्कलाई हेर्दा चालू आर्थिक वर्षको ७ महिनाको व्यापार घाटा ७३३ अर्ब ३१ करोड रहेको देखिन्छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical…

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

प्रतिकृयाहरू
...