Thursday 21st May 2026

कांग्रेस सभापति देउवा भन्छन्– मलाई प्रधानमन्त्री बन्ने लोभ, लालच छैन


कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तक ‘महाकाण्ड’को आफ्नै निवास बूढानीलकण्ठमा विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका हुन् ।आफूहरूलाई विपक्षमा बस्ने म्यान्डेट भएको भन्दै देउवाले प्रधानमन्त्री बन्न नचाहेको बताए । विपक्षी दलको नेता भावी प्रधानमन्त्रीका रूपमा रहने भए पनि आफूलाई प्रधानमन्त्रीको लोभ–लालच नभएको उनको भनाइ छ ।

उनले भने, ‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रधानमन्त्री बन्न चाहेकै छैन । हाम्रो म्यान्डेट विपक्षमा बस्ने भन्ने छ । मलाई प्रधानमन्त्री बन्ने लोभ–लालच पनि छैन । यस्तोमा लाग्नु पनि छैन ।’

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि सरकार गठनको रस्साकस्सी चलिरहेको बेला देउवाको यस्तो भनाइ आएको हो । नेकपाका दुबै समूहले देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् ।
तर, कांग्रेसले निर्णय गरिसकेको छैन । यसअघि देउवाले चितवनमा आयोजित कार्यक्रममा काँघमा जिम्मेवारी आएपछि नहट्ने अभिव्यक्ति दिएका थिए । आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...