Saturday 15th August 2026

गणेश लोहनीका पाँच मुक्तकहरू


✍️ -१
पखेटा बिना उड्दैछन साहेव ।
चक्का बिनानै गुड्दैछन साहेव ।
चुरिफुरिका त कुर‌ै नगरे भयाे
अपार खाडिमा बुड्दैछन साहेव ।
✍️ -२
बिपरितै त बाेल्छाै जुँगा चल्याे कुरा बुझ्याे ।
महमा विष घाेल्छाै जुँगा चल्याे कुरा बुझ्याे ।
थाहा छ सर्पले दुध पिई विषै तुल्याउँछ
ब्यर्थ खतरा माेल्छाै जुँगा चल्यो कुरा बुझ्याे ।
✍️ -३
हिजाेआज जाेगिदेखि कठै भैंसी डराकाे छ ।
भैंसी देखेर जाेगिकाे पनि साताे हराकाे छ ।
अहंकारकाे लिस्नु चढि धरती धेरैतल छाेडे
पछारिने डरले अहिले बर्बराउँदै कराकाे छ ।
✍️ -४
रमाएर मान्छे कतै हिउँ खेलिरा’छन् ।
कर्मवीरहरू भारि ठेला ठेलिरा’छन् ।
कहिँ वातानुकुलन कतै प्रकृकै शरण
हरे! कोहि नाङ्गै शीतलहर झेलिरा’छन् ।
✍️ -५
सहिदको सपनालाई किन ह-याै भन ?
कालो टीका लाउने काम किन ग-याै भन ?
“भाइफुटे गँवार लुटे” जानेकै बुझेकै छाै
नयाँ चुलो चाैकातिर किन स-याै भन ?

-गणेश लोहनी
चितवन, नेपाल
हालः पोल्याण्ड
प्रेषित : २१ फागुन २०७७


सम्बन्धित शीर्षकहरु

नेपाल आदिवासी जनजाति महासंघ, कुवेतको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस तथा १२औँ वार्षिक उत्सव–२०२६ शुक्रबार, १४ अगस्ट २०२६ का दिन…

लेबनानका प्रधानमन्त्री नवाफ सलामले लेबनानी भूभागबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने स्पष्ट समयतालिका तय गर्नुपर्ने बताएका छन्। उनले इजरायलले…

इरान युद्धपछि चिनियाँ विद्युतीय गाडीको उछाल : नेपालमा ईभी बजारको भविष्य कता ? इरान युद्ध र होर्मुज जलडमरूमध्यमा आएको अवरोधपछि…

प्रतिकृयाहरू
...