Tuesday 28th July 2026

रूकुम जीप दुर्घटना अपडेटः मर्नेको संख्या ७ पुग्यो


तितोपाटी – सिस्ने गाउँपालिका–५, धार्पानीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो करिब २ बजे धार्पानीमा दुर्घटना हुँदा घटनास्थलमै ४ जना र उपचारको क्रममा ३ जनाको मृत्यु भएको हो ।

रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–२, का २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, ३५ वर्षीय कुमार पुन, ३३ वर्षीय बुद्धिराज पुन र पुथाउत्तरगंगा गाउँपालिका–१२, की तिर्सना तुलाचनको घटनास्थलमै मृत्यु भएको हो भने अन्य ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले सञ्चालन गरेको अस्पतालमा उपचारको क्रममा पुथाउत्तरगंगा गाउँपालिका–१४, रुकुम पूर्वकी ३१ वर्षीया शालिनी बर्मा, बाँके कोहलपुरकी २२ वर्षीया ललिता परियार र भूमे गाउँपालिका–४, रुकुम पूर्वका जिल्ला २८ वर्षीय अर्जुन विकको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते चार जनालाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । घाइतेहरुमा रुकुम पश्चिम मुसीकोट नरपालिका–१२, का जिप चालक ५२ वर्षीय जयवीर कामी, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–११, की २५ वर्षीया प्रमिला बुढामगर, सोही गाउँपालिका २ का २७ वर्षी धनिराम पुन र २७ वर्षीया सम्झना पुन रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवाकर रिजालका अनुसार जिप सडकबाट झण्डै ५ सय मिटर तल खसेको छ ।

टायरमा पसेको ढुङ्गाको कारण उफ्रिएको जिप कन्ट्रोल हुन नसकेपछि दुर्घटना भएको हुन सक्ने प्रहरी अनुमान छ ।

………….
सिस्ने गाउँपालिका–५, धार्पानीमा जिप दुर्घटनामा मृत्यु भएका ४ जनाकै सनाखत भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार करिब दिउँसो २ बजे धार्पानीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सबै पुथाउत्तरगंगा गाउँपालिकाका सर्वसाधारण रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवाकर रिजालका अनुसार पुथाउत्तरगंगा गाउँपालिका–२, का अन्दाजी २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, अन्दाजी ३५ वर्षीय कुमार पुन, अन्दाजी ३३ वर्षीय बुद्धिराज पुन र पुथाउत्तरगंगा गाउँपालिका–१३ की तिर्सना तुलाचनको मृत्यु भएको हो।

गाडी सडकभन्दा झण्डै ५ सय मिटर तल खसेको छ। दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन्। उनीहरुको रुकुमकोटमा उपचार भइरहेको छ।

टायरमा पसेको ढुङ्गाको कारण उफ्रिएको जिप कन्ट्रोल हुन नसकेपछि दुर्घटना भएको प्रहरी अनुमान छ।

 


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

प्रतिकृयाहरू
...