Thursday 12th March 2026

नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सकुशल अवतरण


तीतोपाटी – अमेरिकी स्पेस एजेन्सी (नासा)को मङ्गल अभियान अन्तर्गतको पर्सिवरेन्स मार्स रोवर अन्तरिक्ष यानले पृथ्वीबाट उडेको करिब सात महिनापछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ। नेपाली समयानुसार शुक्रवार बिहान करिब २:४० बजे पर्सिवरेन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो। एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ।

नासाको यस मङ्गल अभियानको उद्देश्य मङ्गलमा जीवनको सम्भावना खोज्नु रहेको छ । पर्सिवरेन्स मार्स रोवरले मङ्गल ग्रहको अप्ठेरो स्थान जेजेरो क्रेटर (Jezero Crater) मा अवतरण गरेको छ । वैज्ञानिकहरुका अनुसार मङ्गलको यस ठाउँमा अर्बौं वर्ष पहिला एउटा नदी बग्दथ्यो । मङ्गल ग्रहको बदलिएको वातावरण र पर्यावरणले त्यो नदी सुकेर डेल्टामा परिणत भयो । वैज्ञानिकहरुलाई विश्वास छ, यस डेल्टाका वरिपरी जीवनका जीवाश्म भेटिन सकिन्छ ।

नासाले १० वर्ष लगाएर तयार पारेको ब्याट्रीबाट सञ्चालन हुने यस रोभरले २ वर्षसम्म मंगलको यस क्षेत्रमा आफूसंग रहेका यन्त्रका माध्यमले सूक्ष्म जीवनका जीवाश्म खोज्ने कार्य गर्नेछ।

यस अमेरिकी अभियानमा एउटा अचम्मको अर्को काम पनि हुन गइरहेको छ। पहिलो पटक पृथ्वी बाहेक अन्य कुनै खगोलीय पिण्डमा ड्रोन हेलीकाप्टर ‘इन्जेनुइटी'(Ingenuity) पनि उडाइने छ। यस रोभरले संकलित गरेका स्याम्पल पृथ्वीमा ल्याउने योजना पनि रहेको छ। यसका लागि अमेरिकाले निकट भविष्यमा थप दुइवटा मंगल अभियान गर्नेछ । त्यस अभियानका रोभरले मंगलबाट पहिलो पटक पृथ्वीमा स्याम्पल ल्याउने महत्वाकांक्षी योजना रहेको छ ।

यसैबिच पर्सिवरेन्स रोभरले मंगल ग्रहबाट संसारमा पहिलो कलर फोटो र आफ्नै सेल्फी पठाएको छ। उक्त तस्बिर शुक्रवार राती नासाले सामाजिक सञ्जाल मार्फत सम्पूर्ण विश्वसँग शेयर गरेको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...