Wednesday 20th May 2026

रिहा भएपछि रामकुमारीले भनिन् : म बिना-शर्त निस्किएकी छु, प्रतिगमन झुक्यो


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले आफ्नो रिहा भएसँगै प्रतिगमन झुकेको बताएकी छन् । बिहीबार दिउँसो १ बजे आफ्नै निवास काठमाडौंको शंखमुलबाट पक्राउ परेकी झाँक्रीले साँझ रिहा भएपछि यस्तो बताएकी हुन् । उनले आफ्नो गिरफ्तारी गरेपछि देशभरबाट भएको दबाबलाई सरकारले थेग्न नसकेको बताइन् ।

‘यहाँ केही कुरा भएन । देशव्यापी दबाबको अगाडि प्रंतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ, साथीहरु’ नेतृ झाँक्रीले भनिन्, ‘हामीले जित्दै छौँ । त्यसका लागि यहाँ कुनै शर्त नामाको कुरा होइन । म बिना–शर्त निस्किएकी छु ।’

झाँक्रीले महाशाखामा आफूलाई सोधपुछका लागि उच्च राजनीतिक नेतृत्वको दबाबमा प्रहरीले ल्याएकोसमेत प्रष्ट पारेकी छन् । ‘मलाई अपराध महाशाखामा शोधपुछका लागि ल्याइएको थियो । यहाँ मेरोविरुद्ध कुनै जाहेरी दर्ता भएको थिएन’, उनले भनिन् , ‘राजनीतिक प्रतिशोधका आधारमा सरकारले प्रहरी प्रशासनमा प्रत्यक्ष दबाब बढाएर नियन्त्रणमा लिने प्रयास गरेको रहेछ ।’उनले प्रतिगमनविरुद्धको आन्दोलनमा देशव्यापी रुपमा आफ्नो उपस्थिति देखाएर आन्दोलनलाई उचाईमा पुर्याउने प्रयास गर्दा राज्यले गिरफ्तारी गरेको उनको आरोप छ ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...