Saturday 13th June 2026

देशभक्तिको धार भुत्ते भएपछि प्रधानमन्त्री भगवानप्रतिको आस्थामा खेल्दैछन् : गगन थापा


‘सीता माताको प्रदेशका नागरिकलाई होइन, ओली भगवान रामलाई नागरिकता दिन लागिरहेका छन्’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले ‘देश भक्तिको धार’ भुत्ते भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अहिले भगवानप्रतिको आस्थामा खेल्न थालेको बताएका छन् । आज (आइतबार) पर्सामा आयोजित विरोध सभामा नेता थापाले कुनै बेला प्रधानमन्त्रीले देशभक्तिको भावनासँग खेलेको स्मरण गराउँदै भने, ‘त्यो धार भुत्ते भएपछि तपाई हाम्रो भगवानप्रतिको आस्थामाथि खेल्ने कोशिस गर्दै हुनुहुन्छ ।’

उनले दुई वर्ष अगाडि सांसारबाट लखेटिएकी एक महिलालाई स्वागत गर्न देश नै ठप्प पारेको भन्दै उनले भने, ‘पहिला प्रधानमन्त्रीले कहिल्यै पशुपति सम्झिनु भएन । अहिले रुद्राक्षको गह्रौं माला लगाएर पशुपतिको चौराहमा घुम्दै हिन्दु धर्म मान्ने तपाईं हाम्रो आस्थामा खेल्न खोज्दै हुनुहुन्छ ।’

उनले थपे, ‘सीता माताको प्रदेशका कयौं नागरिकले नागरिकता पाएका छैनन्, तिनलाई नागरिकता दिउँ भन्दा प्रधानमन्त्री केपी ओली कहिल्यै तयार हुनु भएन । तर आज भगवान रामलाई नागरिकता दिन लाग्नु भएको छ ।’

प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै उनले अदालतले न्याय गर्ने विश्वास व्यक्त गरे । संविधानसभाबाट आफूहरुले बनाएको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्ने ठाउँ नभएको भन्दै उनले भने, ‘अदालतले पनि यही संविधान पल्टाउने हो । यो पढेर संसद विघटनलाई वैधानिक भन्न पाउँदैन ।’

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेका व्यावसायिक जहाजहरूलाई लक्षित गर्दै इरानले प्रक्षेपण गरेका भनिएका धेरै ड्रोन…

नेपालमा समस्या समाधानका लागि आयोग बनाउने र प्रतिवेदन तयार गर्ने काम धेरै हुन्छ, तर कार्यान्वयन भने दशकौँसम्म रोकिने गर्छ। जब…

कश्मिरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षा बलबीच भएको झडपमा करिब १५ जनाको मृत्यु भएको प्रारम्भिक रिपोर्टहरूले जनाएका छन्। घटनापछि…

प्रतिकृयाहरू
...