Thursday 29th October 2026

नेकपा विवाद सल्टाउने जिम्मेवारी निर्वाचन आयुक्त भण्डारीलाई


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउने जिम्मेवारी नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् ।२१ माघमा पद तथा गोपनियताको सपथ लिएका आयुक्त भण्डारीले राजनीतिक दल तथ दल विभाजनसम्बन्धी विवाद हेर्ने जिम्मेवारी पाएका हुन् । भण्डारी, नेकपा ओली समूहका महासचिव विष्णु पौडेलसँग निकट मानिन्छन् ।
गत शुक्रबार यो जिम्मेवारी पाएलगत्तै वरिष्ठ अधिवक्ता समेत रहेका भण्डारी नेकपाको विवादसम्बन्धी कागजपत्रको अध्ययनमा लागेका छन् । स्रोतका अनुसार पछिल्लोपटक नेकपाको माधव-प्रचण्ड समूहले पठाएको २० पृष्ठको पत्र उनले पढिसकेका छन् । उनलाई आयोगको कानून शाखाले सहयोग गरेको छ ।

निर्वाचन आयोगका एक अधिकारी भने भण्डारीले नियमित प्रक्रियाअन्तर्गत यो जिम्मेवारी पाएको बताउँछन् । ‘पहिला तीन आयुक्तले गर्दै आएको काम ऐनअनुसार पाँच जनालाई बाँडफाँड गरेका हौं’, नाम उल्लेख गर्न नचाहने ती अधिकारी भन्छन्, ‘कानूनी पृष्ठभूमि पनि भएकाले दल विभाजनसम्बन्धी जिम्मेवारी उहाँले पाउनुभएको हो ।’

विवादसम्बन्धी निर्णय भने आयुक्तहरूले सामूहिकरुपमै लिने स्रोतको भनाइ छ । मत बाझिने अवस्था आउँदा बहुमतले निर्णय गर्ने र बराबरी मत हुँदा प्रमुख आयुक्तले भोट दिने व्यवस्था छ ।
आयुक्त भण्डारी लगायत संवैधानिक निकायमा नियुक्त भएका ३२ जनाविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा विचाराधीन छ ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...