Friday 9th October 2026

भाडा बढाउन माग गर्दै ट्याक्सी चालक र व्यवसायी आन्दोलनमा


काठमाडौं उपत्यकाका ट्याक्सी चालक तथा व्यवसायी आन्दोलित भएका छन् । शनिवार आफ्ना ट्याक्सीसहित र्‍याली निकाल्दै व्यवसायीहरुले सरकारसँग वैज्ञानिक भाडादर कायम गर्नुपर्नेसहित विभिन्न माग गरेका छन् ।राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग व्यवसायीको छ । उनीहरुले निजी सवारीले भाडाका यात्रु बोक्ने गरी सञ्चालनमा रहेका टुटल पठाओजस्ता सेवा पनि बन्द गर्न माग गरेका छन् ।

यस्तै व्यवसायीहरुले बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गरिनुपर्ने पनि माग गरेका छन् ।

राष्ट्रिय पुँजीको लगानी भएको ट्याक्सीको संरक्षण गरी व्यवस्थित गरिनुपर्ने, वैज्ञानिक भाडादर कायम गरिनुपर्ने र बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने लगायतका माग राख्दै शान्तिपूर्ण ट्याक्सी र्‍यालीको आयोजना गरिएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय अध्यक्ष पूर्णलाल मोक्तानले बताए ।

ट्याक्सी व्यवसायको क्षेत्रलाई धरासायी बनाउने अवैध गतिविधि बन्द गरिनुपर्ने माग पनि राखिएको छ । ट्याक्सी व्यवसायीहरु नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट र्‍यालीसहित माइतिघर मण्डलामा भेला भएका थिए ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...