Saturday 10th October 2026

अनेसास बोष्टनको महिला समितिले अन्तर्राष्ट्रिय महिला खुला कविता प्रतियोगिता गर्ने


बोष्टन समाचारदाता, अमेरिका – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाको बोष्टन स्थित महिला समितिले अन्तर्राष्ट्रिय महिला खुला कविता प्रतियोगिता गर्ने भएको छ भने सो कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगितामा विश्वभरका महिलाले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताका लागि दुई सय शव्दसम्मको कविता पठाउन समितिले अनुरोध गरेको छ । महिला जनजीवन माथि लेखिएको कवितालाई विशेष प्राथमिकता दिइने विज्ञप्तिमा उल्लेख छ । प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिने छ भने द्वितीय र तृतीय हुने कवितालाई क्रमशः तीन सय र दुई सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिने छ ।

कविता मा २० मार्च २०२१ सम्ममा प्राप्त भइसक्नु पर्ने छ । प्राप्त कविताहरू मध्येबाट निर्णायक समितिले छनोट गरेको उत्कृष्ट कवितालाई १८ अप्रिलमा आयोजना गरिने कार्यक्रममा वाचन गराइने आयोजक समितिले जनाएको छ ।

कविता प्रतियोगिताका नियमहरू यस प्रकार रहेका छन्ः
१.कविता बढिमा २०० शब्द ननाघेको, अप्रकाशित,अप्रशारित ढुनुपर्नेछ।
२.प्रतियोगितामा महिला स्रष्टाहरुको मात्र सडभागीता रहनेछ।
३.कविताको शीर्षक मडिला जनजीवनमा आधारित डुनुपर्ने छ।
४.एकजना स्रष्टाको एउटा मात्र कविता स्वीकार हुनेछ ।
५.कविता मार्च २०, २०२१ सम्म तोकिएको इमेलमा पठाइसक्नु पर्नेछ ।
६.निर्णायक समितिद्वारा छानिएर सुचना पाउने प्रतियोगीले मात्र रचना
वाचनमा भाग लिन पाउनुडुनेछ ।


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...