Friday 16th October 2026

बहराइनमा कोरोना खोप निःशुल्क, नेपाली कामदारलाई नाम दर्ता गराउन दूतावासको आग्रह


तितोपाटी- बहराइन सरकारले बहराइनका नागरिकसरह त्यहाँ रोजगारीका लागि गएका आप्रवासी कामदारलाई पनि कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराइरहेको छ । उक्त खोप लगाउनका लागि बहराइनमा कार्यरत नेपाली कामदारलाई समयमै आफ्नो नाम दर्ता गराउन बहराइनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
बहराइन सरकारले दिएको सुविधाका लागि नाम टिपाउन दूतावासले त्यहाँ रहेका नेपालीलाई अपिल गरेको हो । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनमा रहेका सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेका छन् । बहराइन सरकारले नेपाली कामदारलाई निःशुल्क कोरोनाविरुद्धको खोप उपलब्ध गराएको उनको भनाइ छ ।
दूतावासले बहराइन सरकारले उपलब्ध गराएको खोप लगाउन सबै नेपाली कामदारलाई अनुरोध गरेको छ । खोप आए पनि कोरोनाको जोखिम कम नभएकाले मास्क लगाउन, भौतिक दूरी कायम गर्न र अन्य स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न पनि दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

पाकिस्तानको पेशावरमा बिहीबार एक विद्यालयको छाना खस्दा ३२ बालबालिका र एक शिक्षिकासहित ३३ जनाको मृत्यु भएको छ। करिब ५० बालबालिका…

प्रतिकृयाहरू
...