Friday 14th November 2025

श्रीलंकाबाट १९७ जना घरेलु कामदारहरू कुवेत आइपुगे


तितोपाटी- कुवेत सरकारले पाँच देशका नागरिकहरुलाई घरेलु कामदारको लागी ढोका खुल्ला गरे संगै गत विहिबारका दिन श्रीलंकाबाट १९७ जना घरेलु कामदारहरु कुवेत आइपुगेका छन छन।

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट वाणिज्यिक उडान पुनः सुरु गर्न सर्वोच्च समितिको सिफारिसको आधारमा पाँच देशकाराष्ट्रियतालाई कुवेतमा घरेलु कामदार प्रवेस अनुमती दिइएको थियो जसमध्य फिलिपिन्स, भारत, श्रीलंका, नेपाल बंगलादेश, रहे संगै पहिलो उड्डान श्रीलंकाबाट भएको छ।

श्रीलंकाबाट १९७ घरेलु कामदार लिएर कुवेत एयरवेजको पहिलो उडान बिहीबार कुवेत आइपुगेको अल कबास दैनिकले जनाएको छ।

कुवेत आउन इच्छुक घरेलु कामदारहरू बेलसलामद्वारा आफ्नो नाम दर्ता गराएपछी कुवेत प्रवेशमा अनुमती दिइएको हो।

अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका अनुसार श्रीलंकाबाट कुवेतमा आउने घरेलु कामदारहरूलाई कोटा छुट्याएर घरेलुकामदारहरूको आवतजावतमा आपसी बराबरको हिस्सा लिनको लागी श्रीलंकाको समकक्षसँग यस प्रक्रियामा संलग्न रहेको एकश्रीलंका एयरलाइन्स संग सहमति जनाएको बताएको छ।

साथै श्रीलंका बाट दोस्रो उडान फेब्रुअरी महीनाको बिचमा हुने  भएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...