Friday 16th October 2026

श्रीलंकाबाट १९७ जना घरेलु कामदारहरू कुवेत आइपुगे


तितोपाटी- कुवेत सरकारले पाँच देशका नागरिकहरुलाई घरेलु कामदारको लागी ढोका खुल्ला गरे संगै गत विहिबारका दिन श्रीलंकाबाट १९७ जना घरेलु कामदारहरु कुवेत आइपुगेका छन छन।

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट वाणिज्यिक उडान पुनः सुरु गर्न सर्वोच्च समितिको सिफारिसको आधारमा पाँच देशकाराष्ट्रियतालाई कुवेतमा घरेलु कामदार प्रवेस अनुमती दिइएको थियो। जसमध्य फिलिपिन्स, भारत, श्रीलंका, नेपाल र बंगलादेश, रहे संगै पहिलो उड्डान श्रीलंकाबाट भएको छ।

श्रीलंकाबाट १९७ घरेलु कामदार लिएर कुवेत एयरवेजको पहिलो उडान बिहीबार कुवेत आइपुगेको अल कबास दैनिकले जनाएको छ।

कुवेत आउन इच्छुक घरेलु कामदारहरू बेलसलामद्वारा आफ्नो नाम दर्ता गराएपछी कुवेत प्रवेशमा अनुमती दिइएको हो।

अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका अनुसार श्रीलंकाबाट कुवेतमा आउने घरेलु कामदारहरूलाई कोटा छुट्याएर घरेलुकामदारहरूको आवतजावतमा आपसी बराबरको हिस्सा लिनको लागी श्रीलंकाको समकक्षसँग यस प्रक्रियामा संलग्न रहेको एकश्रीलंका एयरलाइन्स संग सहमति जनाएको बताएको छ।

साथै श्रीलंका बाट दोस्रो उडान फेब्रुअरी महीनाको बिचमा हुने  भएको छ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको पेशावरमा बिहीबार एक विद्यालयको छाना खस्दा ३२ बालबालिका र एक शिक्षिकासहित ३३ जनाको मृत्यु भएको छ। करिब ५० बालबालिका…

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

प्रतिकृयाहरू
...