Friday 9th October 2026

जनमत आफ्नो पक्षमा रहेको नेता भट्टराईको दावी


तितोपाटी- नेकपा दाहाल नेपाल समूहका नेता योगेश भट्टराईले काठमाडौंमा शुक्रबार भएको प्रदर्शनले जनमत आफ्नो पक्षमा रहेको देखिएको दावी गरेका छन । आज इटहरीमा आयोजित कार्यक्रममा उनले आधिकारिक नेकपा दाहाल नेपाल समूह नै भएको दावी गरेका हुन । नेता भट्टराईले चुनाव चिह्न कसैले दावी गर्दैमा नपाउने भन्दै राजनीतिक दलसम्बन्धी ऐनले छिनोफानो गर्ने बताए ।

नेता भट्टराईले आफूहरुको समूहमा बहुमत सदस्य भएकाले पार्टीको आधिकारिक चुनाव चिह्न सूर्य पनि आफूहरुले नै पाउने दोहो¥याए । स्वच्छेचारी शासनका लागि प्रधानमन्त्री ओलीले प्रतिगमन गरेको उनको आरोप छ । नेता भट्टराईले अहिले नेकपामा पद भन्दा पनि विधिको लडाइँ भएको भन्दै संसद पुनःस्थापना हुने दावी गरे ।


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...