Friday 9th October 2026

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी : ओली


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तानाशाह नभएको बताएका छन् । राजधानीमा अपांगता भएकाहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले आफ्नो हातमा शासन लिएर मै शासनमा रहन्छु नभनेको भन्दै जनताको हातमा दिँदा म कसरी शासक भएँ भनी प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले संसद् विघटन असवैधानिक भनेर कराउनेहरु संविधान विरोधी भएको बताए । उनले संसद विघटन असंवैधानिक भनेर कराउने मान्छेहरु, संविधान, लोकतन्त्र र देशविरोधी भएको आरोप पनि लगाए ।
उनले आफू पनि आंशिक अपांगता भएकै व्यक्ति भएको भन्दै सरकारले गच्छेअनुसार अपांगता भएका व्यक्तिका संरक्षणका लागि पहल गर्ने आश्वासन पनि दिए ।
उनले वैशाखमा निर्वाचन हुने दाबी गर्दै त्यस निर्वाचनबाट देशका अहितमा काम गर्नेलाई ठेगान लगाउने दाबी पनि गरे ।


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...