Tuesday 27th January 2026

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी : ओली


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तानाशाह नभएको बताएका छन् । राजधानीमा अपांगता भएकाहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले आफ्नो हातमा शासन लिएर मै शासनमा रहन्छु नभनेको भन्दै जनताको हातमा दिँदा म कसरी शासक भएँ भनी प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले संसद् विघटन असवैधानिक भनेर कराउनेहरु संविधान विरोधी भएको बताए । उनले संसद विघटन असंवैधानिक भनेर कराउने मान्छेहरु, संविधान, लोकतन्त्र र देशविरोधी भएको आरोप पनि लगाए ।
उनले आफू पनि आंशिक अपांगता भएकै व्यक्ति भएको भन्दै सरकारले गच्छेअनुसार अपांगता भएका व्यक्तिका संरक्षणका लागि पहल गर्ने आश्वासन पनि दिए ।
उनले वैशाखमा निर्वाचन हुने दाबी गर्दै त्यस निर्वाचनबाट देशका अहितमा काम गर्नेलाई ठेगान लगाउने दाबी पनि गरे ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...