Saturday 7th March 2026

प्रधानमन्त्री बन्न प्रचण्डको पिठ्युमा चढेर ओलीले लात्तीले हिर्काउने काम गरे : माधव नेपाल


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले एकताको नाममा तत्कालिन माओवादीलाई केपी शर्मा ओलीले सत्ताको भर्याङ मात्र बनाएको  बताएका छन् । नेपालगन्जमा आइतबार प्रचण्ड–नेपाल समुहले आयोजना गरेको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बन्नकै लागि ओलीले माओवादीलाई भर्याङ बनाएको ठोकुवा गरे ।

‘ओलीले पुर्व एमालेको तर्फबाट पुर्ब माओबादीलाई भर्याङ बनाएर प्रचण्ड कमरेडको पिठ्युमा चढेर माथीबाट लात्तीले हिर्काउने काम गरे,’ पुर्वप्रधानमन्त्री नेपालले भने । तत्कालिन एमाले र माओवादीबीच भएको सहमति अनुसार पार्टी एकिकरण पश्चात आलोपालो प्रधानमन्त्री र पार्टीको नेतृत्व गर्ने प्रष्ट रुपमा उल्लेख भएपनि ओलीले त्यसलाई उल्लंघन गरेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीसँग कम्युनिस्टमा हुनुपर्ने कुनैपनि विशेषता नरहेको नेपालले ठोकुवा गरे । उनले अगाडी थपे, ‘केपी ओली गणतन्त्र र परिवर्तनको निर्माता होईन, उहाँ विध्वंसकारी हो, उहाँले पार्टी एकता कहिल्यै गर्नु भएको छैन, मलाई त केपी ओलीको आन्द्रा भुडी सबै थाहा छ, मैले ५० वर्षदेदेखि चिन्दै आएको छु ।’

नेपालमा गणतन्त्र ल्याउन गरिएको आन्दोलनलाई ओलीले बयलगाडासँग तुलना गरेको स्मरण गराउँदै नेपालले आफु ओलीसँग कहिल्यै नडराएकोे बताए । ‘प्रचण्ड कति सजिलो मान्छे  हुनुभयो, सत्ताको भर्याङ बनाइसकेपछि प्रचण्ड जी ओलीले बोलाउँदा खुरुखुरु बालुवाटार जानुभयो, प्रचण्डलाई घण्टौसम्म कुराउनु भयो,’ नेपालले भने ‘म त ओलीसँग कहिल्यै डराएन, ज्ञानेन्द्रको तानाशाहीको सामना गर्ने मान्छे म केपीसँग किन डराउनु, ओली कुन खेतको मुला हो र ?’

ओलीले पार्टीभित्र मनपरी र तानाशाह लादेपछि पार्टी दुई समुहमा बाँडिएको अध्यक्ष नेपालले बताए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनमा संबिधानको कुनैपनि धाराको नखुलाइएकाले अहिले बिस्तारै पोल खुल्दै गएको बताए । प्रधानमन्त्री र राष्ट्रपतिलाई संबिधान राम्ररी पढ्न नेपालले सुझाव दिए । प्रधानमन्त्री ओलीसँग सानो समुह रहेकाले कार्यकर्ता नरहेको उनले जिकिर गरे ।

‘जनता सानो गुटको पक्षमा छैनन भन्ने कुरा महोतरी, धनुषा हँुदै दाङ जिल्ला सम्म आउँदा देखियो,’ नेपालले भने ‘ओली गुटको सबैभन्दा एक नम्बर जिल्लाको रुपमा रहेको दाङमै उनका कार्यकर्ता छैनन् ।’ जनताको बहुदलिय जनवाद (जबज)को नक्कली नारा दिने, फाउण्डेशनको वरिपरी चक्कर लगाउने र देशलाई पछाडी पार्ने ओली गुटको पक्षमा कोही नरहेको उनको दाबी छ । नेता  नेपालले बामदेव गौतम पनि घर न घाटको भइसकेको बताए ।

जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलामा प्रचण्ड–नेपाल समुहका नेताहरु नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, वर्षमान पुन, ओनसरी घर्ती लगायतले सम्बोधन गरेका थिए ।

-नागरिकन्युजबाट

सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...