Monday 16th March 2026

अर्घाखाँचीका विजय र देवकाको,तिज गित ‘काटेको डालीमा’ सार्वजनिक (भिडियो)


लोकदोहरी गायक विजय सुनाम र देवका राजवंशी को सुमुधुर अवाजमा रहेको तिज गीत ‘काटेको डालीमा’ एल्बम भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ ।

जिल्लाका कलाकर्मी तथा संगीत कर्मीहरुको उर्वर भुमी भएको जिल्ला अर्घाखाँची भनेर चिनिन्छ । यहि माटोमा जन्मेका कैयौं कलाकारहरु राष्ट्रका गहना बनिसकेका छन् भने कयौँ कलाकारहरु लाखौ दर्शक तथा स्रोताहरुको मन जित्न संघर्ष गर्दै हिड्ने गरेको देखिन्छ ।

यसै क्रममा भखरै मात्र बजारमा आएको तिज को कोसेली ू काटेको डाली ू जसको शब्द विजय सुनाम , लय कुसल बेलबासेको रहेको छ भने निर्देशन बिन्तिराज पुन्थोकी र भिडियो छायांकन मोहित मुनाल ले गरेका छन् ।
गोर्खा चौतारी म्युजिक प्रा।लि। को प्रस्तुतिमा रहेको यस तिज गीति एल्बमको दृश्य निर्माण सौगात फिल्मस प्रा।ली गरेको छ भने यस तिज गीतको भिडियो सम्पादन बिष्णु भट्टराईले गरेका छन् ।

यस तिज गित एल्बमको भिडियोमा अभिनय भने चर्चित मोडल सन्तोष शर्मा र शान्ता बन्जाडे को उत्कृष्ट अभिनय रहेको र अनि सुटिंग नियन्त्रणमा हरि कुँवर को समेत उत्कृष्ट भूमिका रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...