Wednesday 23rd September 2026

खुमन र रमिलाको ‘भुरुरु उडेको पुतली’ सार्वजनिक (भिडियोसहित)


तितोपाटी – गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाढ हरितालिका तिजलाई लक्षित गरेर ‘भुरुरु उडेको पुतली’ को भिडियो सार्वजनिक गरेकी छिन् । चर्चित गायक खुमन अधिकारीले यस गीतमा न्यौपानेलाई साथ दिएका छन् । अधिकारीको लयशब्दमा गीत तयार भएको हो । बाबुराम भट्टराई र रमिला न्यौपानेको संयुक्त रुपमा यो गीत बजारमा आएको हो । मायालु इन्टरनेटमेन्टले गीतको बजार व्यवस्थापन गरेको हो ।

लोकप्रिय गायिका न्यौपानेका अधिकांश गीत श्रोता दर्शकले मन पराएका छन् । देश तथा विदेशमा हुने सांस्कृति कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिइसकेकी छिन् ।

प्रकाश भट्टको निर्देशन रहेको म्युजिक भिडियोमा करिष्मा ढकाल, आरुषी मगर, दुर्गेश थापा र प्रकाश सपुतको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...