Wednesday 29th April 2026

पृथ्वी जयन्तीमा सरकारको दमनप्रति मनिषा कोइरालाको प्रश्न : के यो नेपालीकै सरकार हो ?

पृथ्वी जयन्तीका अवसरमा आज (सोमबार) राजधानीमा ¥याली निकाल्ने क्रममा भएको झडपको विषयलाई लिएर प्रसिद्ध अभिनेत्री मनिषा कोइरालाले आक्रोश व्यक्त गरेकी छन् ।सामाजिक सञ्जालमा उनले पृथ्वी नारायण साहको शालिक अगाडि सरकारले आपत्तिजनक कार्य भएको बताएकी छन् । उनले ट्वीटरमा लेखेकी छन्,’ मैले आशा गरेकी थिए किÞ जनताको राष्ट्रीय एकता प्रतीककां सामुहिक भावलाई सरकार ले सम्मान गर्नेछ । तर उसको व्यवहार ठीक उल्टो देखियो । पृथ्वी नारायणको शालिक अगाडि नै सरकार को यो आपत्तिजनक कार्य ? पानीको फोहरा र टियर ग्याँससहित नै तैनाथ प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?’

पृथ्वी जयन्तीका अवसरमा सोमबार राजधानीमा र्‍याली निकालेका राजतन्त्र पक्षधर र प्रहरीबीच झडप भएको थियो । सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न अघि बढेका उनीहरूलाई प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।

झडपका क्रममा प्रहरीले लाठीचार्ज प्रदर्शनकारी घाइते भएका थिए । त्यस क्रममा र्‍यालीका सहभागीले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । हातहातमा राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहका ‘दिव्योपदेश’ लेखिएका तस्बिर बोकेका उनीहरूले हिन्दू राष्ट्र र राजतन्त्र स्थापनाको माग गर्दै सडकमा नाचगान गरेका थिए । उनले आइतबारदेखि नै सामाजिक सञ्जालमा समेत पौष २७ गते ११ बजे रत्नपार्क शान्ति वाटिका जाऊँ, २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोहमा सहभागिता जनाउँ भनी आह्वान गरेकी थिइन् । ‘नेपाली नागरिक हुनुको कर्तव्य निर्वाह गरौं, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरौं,’ भन्ने उनको आह्वान थियो ।

सम्बन्धित शीर्षकहरु

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति…

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

प्रतिकृयाहरू
...