Friday 14th November 2025

कुवेतमा पहिलो दिनमा एक हजार जनाले खोप लगाए


तितोपाटी- कुवेतमा बिहीबार फाइजरबायोटेक भ्याक्सिन पहिलो चरणको अभियान थालेपछि एकहजार मानिसहरूलाई कोभिड१९खोपको पहिलो खुराक दिइएको छ।

कोरोना भाइरसको प्रभावकारी अनुमोदित खोप प्रदान गर्ने छिटो छरितो देशहरुमा पर्ने कुवेतले गत बिहिवारदेखी देशभर निसुल्क खोप अभियान सुरु गरेको छ।

अभियान सुरु भएको पहिलो दिनमा एक हजार जनाले खोप लगाएका छन।

कुवेतका प्रधानमन्त्रीसबा अल खेलेद अल सबा, र स्वास्थ्य मन्त्री बासिल अल साबद्वारा भाइरस विरुद्ध फाइजर– बायोटेक कम्पनिकोखोप लगाएर उक्त अभियानको उद्घाटन गरेका थिए।

खोप लगाउनेहरु मध्य कुवेतका प्रधानमन्त्री स्वास्थ्य मन्त्री  लगायत ६५ बर्ष भन्दा माथिका धेरै सांसद रहेका थिए। फ्रन्टलाइन श्रमिकहरु, चिकित्सक, निजी पेशेवरहरू ६५ बर्ष भन्दा माथि उमेर पुगेकाहरुलाई खोपको पहिलो प्राथमिकता दिइने कुवेत सरकारले घोषणा गरेकोछ।

त्यस्तै एकपटक खोप लगाई सकेका व्यक्तिले अर्कों शट २१ दिनपछी पुन लगाउनु पर्नेछ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...