Friday 21st August 2026

कुवेतमा पहिलो दिनमा एक हजार जनाले खोप लगाए


तितोपाटी- कुवेतमा बिहीबार फाइजरबायोटेक भ्याक्सिन पहिलो चरणको अभियान थालेपछि एकहजार मानिसहरूलाई कोभिड१९खोपको पहिलो खुराक दिइएको छ।

कोरोना भाइरसको प्रभावकारी अनुमोदित खोप प्रदान गर्ने छिटो छरितो देशहरुमा पर्ने कुवेतले गत बिहिवारदेखी देशभर निसुल्क खोप अभियान सुरु गरेको छ।

अभियान सुरु भएको पहिलो दिनमा एक हजार जनाले खोप लगाएका छन।

कुवेतका प्रधानमन्त्रीसबा अल खेलेद अल सबा, र स्वास्थ्य मन्त्री बासिल अल साबद्वारा भाइरस विरुद्ध फाइजर– बायोटेक कम्पनिकोखोप लगाएर उक्त अभियानको उद्घाटन गरेका थिए।

खोप लगाउनेहरु मध्य कुवेतका प्रधानमन्त्री स्वास्थ्य मन्त्री  लगायत ६५ बर्ष भन्दा माथिका धेरै सांसद रहेका थिए। फ्रन्टलाइन श्रमिकहरु, चिकित्सक, निजी पेशेवरहरू ६५ बर्ष भन्दा माथि उमेर पुगेकाहरुलाई खोपको पहिलो प्राथमिकता दिइने कुवेत सरकारले घोषणा गरेकोछ।

त्यस्तै एकपटक खोप लगाई सकेका व्यक्तिले अर्कों शट २१ दिनपछी पुन लगाउनु पर्नेछ।


सम्बन्धित शीर्षकहरु

रोजिना ढुंगाना - रातको करिब एघार बजेको थियो। सविताको हातमा मोबाइल थियो, तर उसको औँला एउटै स्क्रिनमा अडिएको थियो। उसले…

बंगलादेशका विदेश मामिला सल्लाहकार हुमायूं कबीरले प्रधानमन्त्री तारिक रहमानको आगामी सेप्टेम्बर १२–१३ मा भारतमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन…

इजरायली रक्षा बल (IDF) का प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले दक्षिणी सिरियाको भ्रमण गर्दै इजरायलको सीमासँगै कुनै पनि शत्रुतापूर्ण शक्तिले…

प्रतिकृयाहरू
...