Tuesday 20th January 2026

राप्रपाद्वारा राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली


राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली निकालेको छ ।
र्‍याली बबरमहलबाट शुरु भएर थापाथली त्रिपुरेश्वर सुन्धारा रत्नपार्क जमल हुँदै दरबारमार्ग पुगी सभामा परिणत भएको थियो ।

र्‍यालीमा राप्रपाका अध्यक्ष कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेताहरू समेत सहभागी थिए ।

राप्रपा एवं उसका भातृ संगठनहरुले यसअघि पनि बिभिन्न जिल्लामा राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाका पक्षमा र्‍याली एवं कोणसभाको आयोजना गर्दै आएका छन ।

सोही क्रममा शनिबार काठमाडौंमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको राप्रपाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...