Friday 9th October 2026

गीत -धर्मिला कार्की


चर्किन्छ छाती, धड्किन्छ मुटु
तिम्रो नै यादमा ।
विछोडको पिडा आँशुले भिज्छ
सिरानी रातमा ।।

परदेशियौ प्यारा खुशीलाई छोडी
रहर किन्नलाई ।
गार्हो छ एक्लै ज्युँन हजुर
यहाँ मान्छे चिन्नलाई ।।

झझल्को मिठो सधै नै तिम्रो
हँसिलो मुहारको ।
दिलमा फोटो खिचेको छु
त्यो तिम्रो अनुहारको ।।

डर लाग्छ कहिले सुकेर जाला
फक्रेको जवानी ।
सम्हाल्छु मन सम्झिदै
पछिको जिन्दगानी ।।

सात जुनिसम्म समाउला हात
दिएर साथ ।
चाहना सधैं, नफैलियोस कहिल्यै
नमिठो बात ।।

सजाएका ती रङ्गिन सपना
हल्लाउँछ हुरीले।
माया छ प्रगाढ, पिर नलेउ प्यारा
भौतिक दुरीले ।।

-धर्मिला कार्की
महाराजगंज, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...