Wednesday 25th February 2026

नेकपाको प्रचण्ड-नेपाल समुहले ओलीलाइ हटाएर माधब नेपाललाइ अध्यक्ष बनायो


तीतोपाटी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड – माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाउँदै माधव नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ।

ओलीलाई अनुशासनको कारवाही गर्दै उनलाई पदबाट हटाइएको हो। वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई अध्यक्षका लागि प्रस्ताव गरेपछि केन्द्रीय कमिटीले बहुमतले उक्त प्रस्ताव बहुमतले पारित गरेको थियो।  यो सँगै पुष्पकमल दाहाल र नेपाल दुई अध्यक्ष रहने छन्।

ओलीले संसद भंग गरे लगत्तै बसेको नेकपा स्थायी कमिटी बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो।

त्यसै गरि बैठकले पार्टीका नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव पनि पारित गरेको छ ।


सम्बन्धित शीर्षकहरु

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

प्रतिकृयाहरू
...