Tuesday 26th August 2025

कुवेतमा १० दिन उडान बन्द हुदा ६०० उडान र ५० हजार यात्रीहरु प्रभावित हुने


हरि कृष्ण न्यौपाने- कुवेत सरकारले डिसेम्बर २१ तारिक २०२० सोमबार बेलुकी ११ बजे देखि अकस्मात कुवेतबाट आउने र जाने सबै उडानहरु तथा जल र स्थल मार्गहरु १० दिनको लागि बन्द गरेको छ।यसरी १० दिन गरिने उडान स्थगनले कुवेत आउने र जाने तयारिमा रहेका करिब ६०० वटा उडानहरु तथा करिब ५० हजार यात्रीहरुलाई प्रत्यक्ष प्रभाब पार्ने छ ।
कुवेतबाट प्रकाशित द टाइम्स कुवेतमा जनाइए अनुसार कोभिड-१९ पछि जनजिवबन सामान्यकरणमा जाँदै गर्दा कुवेतबाट प्रत्येक दिन करिब ६० वटा बिमानहरुले उडान भर्ने गरेका थिए भने करिब ५ हजार यात्रीहरुले यात्रा गर्थे।त्यसैले कुवेत सरकारको अहिलेको निर्णयबाट वायु मार्ग (फ्लाइट) तर्फ मात्र करिब ६०० उडानहरु र ५० हजार यात्रीहरु प्रभावित हुनेछन।
कुवेत ट्राभल एन्ड टुरिजम ब्यूरोका प्रमुख मोहमद अल मुतारीका अनुसार यो १० दिनको उडान बन्दले मात्र कुवेतलाई करिब १ करोड केडि (करिब ३ अर्ब ८० करोड नेपाली रुपैया ) घाटा लाग्ने छ।यता स्थल मार्ग र जल मार्गबाट हुने आबत-जावत बन्द हुँदा अरु घाटा पर्ने छ।
द टाइम्स कुवेतमा भनिएको छ” यसरी एक्कासि उडान स्थगन गरिदा सिधा उडानबाट कुवेत आउन प्रतिबन्धित तर कुवेत फर्किने क्रममा ट्रान्जिटमा रहेका हजारौ यात्रीहरुलाई प्रत्यक्ष प्रभाब परेको छ।उनिहरुले उडान नखुले सम्म त्यही बस्नु पर्ने हुदा थप आर्थिक भार पर्ने देखिन्छ।”
त्यसै गरि यो १० दिनको उडान प्रतिबन्धले कुवेत फर्कने तालिका वा योजनामा रहेका घरेलु कामदारहरु पनि तत्कालका लागि रोकिएका छन।


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...