Sunday 17th May 2026

नेकपाको स्थायी समिति बैठक पुष ५ सम्मका लागि स्थगित, प्रम अध्यादेश फिर्ता लिन सहमत


तीतोपाटी – सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक चार दिनका लागि स्थगित गर्दै पुस ५ गते बस्ने भएको छ । बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारले मंगलबार जारी गरेको संवैधानिक अध्योदश फिर्ता र संसद् अधिवेशन मागको निवदेन फिर्ता गर्ने निर्णय  गर्दै सम्पन्न भएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भए संगै नेकपा स्थयी कमिटि बैठक बालुवाटरमा सुरु भएको थियो ।

बैठकमा प्रधनमन्त्री ओली समेत सहभागी भएका थिए । स्थायी कमिटीको बैठक अघि नै बालुवाटारमाअध्यक्ष द्वय बिच छलफल भएको थियो । मंगलबार राष्ट्रपति विद्या देवी भण्डारीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेकी थिइन् ।

उक्त अध्यादेश खारेज गर्नुपर्ने माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर भएको छ भने चाैतर्फी रूपमा प्रधानमन्त्री ओलोको चर्को विरोध भएको छ ।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...